न्यून पारिश्रमिकमा सामुदायिक विद्यालयमा कामकाज गर्दै आएका लेखापाल र कार्यालय सहयोगी (विद्यालय कर्मचारी) ले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । श्रम ऐनले तोकेअनुसार सरकारले न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै उनीहरुले शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा बुधबारदेखि अनिश्चितकालिन धर्ना दिने घोषणा गरेका हुन् ।