गाउँपालिकामा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

सोरु गाउँपालिकामा कर्मचारी अभावले सबैखाले कामकाजमा समस्या भएको छ । कार्यकारी अधिकृत, इन्जिनियर, दुई ओभरसियर, लेखापाल र कार्यालय सहयोगी गरी ९ जनाको दरबन्दी भए पनि अधिकांश पदको पूर्ति हुन सकेको छैन ।