बेपत्ता जहाज खोज्न गएको हेलिकप्टर मौसम खराबीले यत्तिकै फर्कियो

काठमाडौं : पोखराबाट जोमसोम उडेको तारा एअरको नाइन एन-एइटी जहाज सम्पर्कविहीन भएपछि खोजीमा गएको हेलिकप्टर मुस्ताङ फर्किएको छ।फिस्टेल एयरको हेलिकप्टर जहाज खोजीका लागि पठाइएकोमा मौसम खराब भएकोले मुस्ताङ नै फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति जारी गरेर बताएको छ। मौसम सफा भएपछि फेरि हेलिकप्टर सम्पर्कविहीन जहाज खोजीमा जाने उल्लेख गरेको छ। हिँडेर नेपाली सेना र नेपाल प्रहरी जोमसोमको टावरसँग नजिक घोडेपानी भन्ने स्थानतर्फ खटिएको बताएको छ। विमानमा १३ नेपाली, ४ जना भारतीय जना र अ

सम्बन्धित सामग्री

बेपत्ता विमानको खोजी कार्य जारी छ : तारा एयर

जेठ १५, काठमाडौं ।  तारा एयरको ९ एन एईटी ट्विनअटर विमान मुस्ताङको लेते आसपासबाट बेपत्ता भएको छ । पोखराबाट जोमसोमतर्फ जाने क्रममा हराएको उक्त विमान खोजीकार्य भइरहेको कम्पनीले बताएको छ । विमान खोजीका लागि गएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको पनि कम्पनीले बताएको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको बताएको छ । मौसममा सुधार आउना साथ हवाईमार्गबाट खोजी कार्य पुनः शुरु गर्ने कम्पनीले बताएको छ ।  विमानमा १९ जना यात्रु रहेको बताइएको छ ।  विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्क विहीन भएको थियो । कम्पनीका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को - पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए ।  स्रोतका अनुसार जहाजमा १३ नेपाली, चार भारतीयसहित २ जना जर्मन नागरिक थिए । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद रिजालका अनुसार विमानको अन्तिम सम्पर्क टावर लेते र घासा आसपास रहेकाले अहिले नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टरमार्फत खोजी भइरहेको छ।