लेते वरपरको मौसम निकै बिग्रियो, जहाज खोज्न समस्या छ : प्रहरी

काठमाण्डौ - पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको जहाजको खोजी गर्न समस्या भएको छ । खराब मौसमका कारण जहाज खोजी गर्न समस्या भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार जहाजले अन्तिम पटक लेतेको डाँडाबाट जोमसोम विमानस्थलको टावरसँग सम्पर्क गरेको थियो । त्यसपछि सम्पर्क नभएकाले जहाज लेते वरपरका डाँडा र विशेषगरी लार्जुङ खोँचमा दुर्घटना भएको शङ्कामा प्रहरीले खोजी थालेको हो ।  ‘लेते वरपरको मौसम निकै बिग्रिएको छ, हामीले जहाज दुर्घटना भएको शङ्क...

सम्बन्धित सामग्री

जहाज सकुशल, पत्रकारिता दुर्घटनामा !

फ्लाइदुबईको एउटा जहाज सोमबार काठमाडौँबाट उडेको केही समयमा प्राविधिक खराबी आयो। केही समयमा नै जहाजले समस्या समाधान भएको जनाउ दिँदै गन्तव्यतर्फ लाग्यो। जहाज सकुशल थियो तर पत्रकारिता भने दुर्घटनामा पर्‍यो। मनगढन्ते समाचारको बाढी आयो। हेरौँ केही उदाहरण जहाज काठमाडौँबाट आफ्नो गन्तव्य दुबईतर्फ नै गएको थियो। तर शिलापत्रले फेसबुकमा लाइभ गर्दै लेख्यो- फ्लाइ दुबईको विमान दिल्लीमा… Continue reading

त्रिभुवन विमानस्थलमा ठूला जहाज अवतरणमा समस्या

काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणमा समस्या भएको छ । अवतरण गर्न नसकेपछि दुईवटा जहाजले ओभरसुट गरेका छन् । विमानस्थलमा हावाको गति बढी भएकोले अवतरण गर्न कठिनाइ भएको विमानस्थलले जनाएको छ । कतारको दोहा र मलेसियाको क्लालाम्पुरबाट आएका दुई वटा विमान अवतरण गर्न नसकेपछि आकाशमै घुमिरहेका छन् । हावाको गति कम भएपछि अवतरण गर्ने विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ठूला जहाज अवतरणमा समस्या देखिएको र अरु जहाजको उडान र अवतरण नियमित भइरहेको छ ।

विमानस्थलमा जहाज अवतरण गर्दा स्याल देखिएपछि...

धनगढी : धनगढी विमानस्थलमा स्याल देखिएपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा समस्या आएको छ।धावन मार्गमा स्याल आएपछि जहाज अवतरणमा समस्या भएको हो। शुक्रबार काठमाडौँबाट उडेको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा धान मार्गमा स्याल देखिएपछि पुनः जहाज आकाशमै फर्किएको थियो।जहाजले धनगढीको आकाशमा करिब दुई मिनेटसम्म फन्को मार्नुपरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले बताए।धावन मार्गमा स्याल देखिएपछि जोखिम

इन्जिनमा समस्या आएपछि उडेको ७ मिनेटमै समिटको जहाज अवतरण

इन्जिनमा समस्या आएको भन्दै पोखरा विमानस्थलबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाज उडेको ७ मिनेटमै अवतरण गरिएको छ।...

उडेको पाँच मिनेटमै इन्जिनमा समस्या आएपछि श्री एयरको जहाज आकस्मिक अवतरण

काठमाडौं, साउन १९ । नेपालगन्जबाट काठमाडौं आउन उडेको श्री एयरलाइन्सको जहाज इन्जिनमा समस्या देखिएपछि पुनः नेपालगन्ज फर्काएर आकस्मिक अवतरण गराइएको छ । जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो। श्री एयरलाइन्सका अनुसार ७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाज पाँच […]

समिट एयरको जहाज आपतकालिन अवतरण, इन्जिनमा समस्या

काठमाडौं, ४ वैशाख । सोलुखुम्बुको लुक्लाबाट उडेको समिट एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालिन अवतरण गराइएको छ । समिट एयरको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आपतकालिन अवतरण गरिएको बताइएको छ । सो जहाज आइतबार बिहान ११ः५० बजे एउटा इन्जिनको सहायताले अवतरण गराइएको हो । नागरिक उड्‍डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले इन्जिनमा समस्या आएपछि एउटा मात्र […]