विन नेपाल लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिकित्ता मूल्य रू.९१४.१० पुग्यो

माघ ९, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  कम्पनीको शेयरमूल्य १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयरमूल्य प्रतिकित्ता रू. ९१४ दशमलव १० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।  साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि थप हुन आएको शेयर माघ ४ गते  नेप्सेमा ७ लाख २४ हजार ४६३ कित्ता साधारण शेयर सूचीकृत भएको थियो ।  नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि विन नेपाल लघुवित्तको नामबाट एकीकृत कारोबार कात्तिक १५ गतेदेखि शुरु भएको हो । 

सम्बन्धित सामग्री

साताको अन्तिम दिन नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम भने ८ अर्ब

शेयर कारोबार हुने साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक १४.६० अंकले घटेको छ । नेप्से परिसूचक ०.५० अंकले घटेर २८७६.७४ विन्दूमा पुगेको छ । आज शेयर बजारमा २२४ कम्पनीको १ करोड ५७ लाख कित्ता शेयरको कारोबार भएको छ । बजार घटेपनि कारोबार रकम भने बढेर ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको उल्लेख छ ।   बजार घटेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने कमाएका छन् । यसको शेयरमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । यस्तै बुद्ध भूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले पनि ९ प्रतिशत भन्दा बढीले क...

एकदिने शेयरबजारको उछाल, नेप्से १३.४८ अंकले घट्यो

शेयर बजारमा आइतवार देखिएको हरियाली एक दिनमै घटेको छ ।  आइतवार १०५ अंकले बढेको नेप्से परिसूचक सोमवार भने १३.४८ अंकले घटेर २८७२.०५ बिन्दुमा आइपुगेको छ ।  बजार घटेको दिन सोमवार नेप्सेमा २२५ कम्पनीको एक करोड एक लाख पाँच हजार ६६९ कित्ता शेयरको ६९ हजार ७७० पटक कारोबार भएको छ । यसबाट पाँच अर्ब १५ करोड रूपैयाँको मात्रै कारोबार भएको छ ।  बजार घटे पनि फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था र विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ । यी दुई कम्पनीको शेयर मूल्य १० प्रतिशत...

विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

माघ १६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको पौने दुई घण्टाको अवधिमा दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये दुई आटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । विन नेपाल लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत र बुद्धभुमि नेपाल हाइड्रोपावरको ९ दशलमव ९९ प्रतिशतका दरले शेयरमूल्य वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।   बजार बढेसँगै ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । विन नेपाल लघुवित्तको शेयरमूल्य रू.१ हजार ४७२ र बुद्धभुमि नेपालको रू. ५६० दशमलव ४० पुगेको छ ।  यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ७२ दशमलव ६४ अंक बढेर २ हजार ८५२ दशमलव ६२ विन्दुमा पुगेको छ भने कुल रू. २ अर्ब ७० करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

५ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट, कुन - कुन कम्पनीको शेयरमूल्य बढ्यो ?

माघ १६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १०५ दशमलव ५५ अंकले बढेको  छ ।  नेप्से परिसूचक २ हजार ८८५ दशमलव ५३ विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका २३१ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यो दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, लिवर्टी इनर्जी कम्पनी,शिवश्री हाइड्रोपावर लिमिटेड,नेपाल इन्फ्रास्ट्रक्चर बैंक र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  ती पाँच ओटा कम्पनीमध्ये बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत र बाँकी चार ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  विन नेपाल लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ४७२ ,लिवर्टी इनर्जीको रू. ३९८ दशमलव २०,शिवश्री हाइड्रोपावरको रू. ३७९ दशलमव ५०,नेपाल इन्फ्रास्ट्रक्चर बैंकको रू. ३७५ दशलमव १० र बुद्धभुमि नेपाल हाइड्रोपावरको रू. ५६० दशमलव ४० पुगेको छ ।  बजार बढेसँगै ती पाँच ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयरमूल्य बढेको हो । शेयरमूल्य बढेसँगै आइतवार ती कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।  गत साताको कारोबार दिनमा भएको करेक्सनपछि यो दिन बजार पुन : लयमा फर्किएको छ । यो दिन ६ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । स्थानीय निकायको निर्वाचन जेठभित्रै सम्पन्न गर्न तीन दलीय राजनीतिक गठबन्धनका नेताहरु सहमत भएको भोलिपल्ट त्यसको सकारात्मक प्रभाव शेयर बजारमा परेको जस्तो देखिएको छ ।

विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्यमा सर्किट

माघ १२, काठमाडमौं । साताको चौथो कारोबार दिन बुधवार बजार ३८ दशमलव ४५ अंक घटेपनि दुई ओटा धितोपत्रको मूल्यमा सर्किट लागेको छ ।  कारोबारमा आएका २३३ ओटा धितोपत्रमध्ये दुई  ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको हो । विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  विन नेपाल लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २१६ दशमलव ६० र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ४६३ दशमलव २० पुगेको छ ।  यी दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । यी बाहेक सिइडिबी हाइड्रोपावरको शेयरमूल्य ४ दशमलव ९७ प्रतिशत वृद्धि भएर रू. ९२९ पुगेको छ ।  त्यसैगरी सानिमा जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव शून्य ३ प्रतिशत वृद्धि भएर रू. ६७६ दशमलव  २० पुगेको हो ।

शेयर बजार ३८ अंकले घट्यो, कारोबार रकम ४ अर्ब मात्रै

साताको चौथो दिन बुधवार नेप्से परिसूचक ३८.४५ अंकले घटेर २७७६.६१ अंकमा आइपुगेको छ ।  बुधवार २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयरको ६१ हजार पटक कारोबार भएको छ । यसबाट जम्मा चार अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रूपैयाँको कारोबार भएको छ । बजार घटेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।  सीईडीबी हाइड्रोपावर, सानिमा जनरल इन्स्योरेन्स, मैलुङखोला जलविद्युत कम्पनी सहितका कम्...

विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

माघ १०, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको दुई घण्टाको अवधिमा दुई ओटा धितोपत्रको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २२३ओटा धितोपत्रमध्ये दुइ आटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले वृद्धि भएकाले सकारात्मक सर्किट लागेको हो । विन नेपालको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ५ दशमलव ५० र बुद्धभुमि नेपालको रू. ३८२ दशमलव ९० रहेको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ६० दशमलव ८७ अंक घटेर २ हजार ८५९ दशमलव ६४ विन्दुमा झरेको छ  । उक्त अवधिसम्ममा कुल रू. ४ अर्ब ३२ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।