साताको तेस्रो दिन शेयर बजार बढेको छ । मंगलवार नेप्से परिसूचक १९.२६ अंकले बढेको हो ।
नेप्से परिसूचक ०.६७ प्रतिशले बढेर २८९१.३० विन्दुमा पुगेको छ । आइतबार बढेको बजार सोमबार घटेको थियो भने मंगलबार पुनः बढेको हो।
बजार बढेको दिन २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयरको ८० हजार ८२९ पटक किनबेच भएको छ । यसबाट जम्मा ६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ ।
मंगलबार विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रो पावरका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।
नेश...