साताको चौथो दिन बुधवार नेप्से परिसूचक ३८.४५ अंकले घटेर २७७६.६१ अंकमा आइपुगेको छ ।
बुधवार २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयरको ६१ हजार पटक कारोबार भएको छ । यसबाट जम्मा चार अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रूपैयाँको कारोबार भएको छ ।
बजार घटेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
सीईडीबी हाइड्रोपावर, सानिमा जनरल इन्स्योरेन्स, मैलुङखोला जलविद्युत कम्पनी सहितका कम्...