लैनचौर शाखा डोजोले आफ्ना पदक विजेता खेलाडीलाई स्कुटर र नगदसहित सम्मान गरेको छ । सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपका पदक विजेता चार खेलाडीलाई नगद र अन्य तीन खेलाडीलाई स्कुटरबाट सम्मान गरेको हो ।
काठमाडौं । मोरङको बेलबारीमा स्कुटर ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार दुई जना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–४ बेतनामा ना ६ ख ५५४४ नम्बरको ट्रकमा को २० प ७६४५ नम्बरको स्कुटर मंगलबार राति ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स्कुटर सोही दिशातर्फ […]
८ वैशाख, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विद्युतीय स्कुटर बनाएको छ । बिहीबार उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री फम्फा भुसालले विद्युतीय स्कुटर सार्वजनिक गरेकी हुन् । स्कुटर बनाउन लुम्बिनी प्रदेश सरकारले पनि सहयोग गरेका थियो । स्कुटरलाई सार्वजनिक गर्दै मन्त्री भुसालले प्रदेश सरकारहरुसँग समन्वय गरेर उद्योगको रुपमा नास्टले अगाडि बढाउनुपर्ने बताइन् । […]
दुई पांग्रे सवारीसाधन निर्माता कम्पनी हिरो मोटोकर्पले इलेक्ट्रिक स्कुटर ल्याउने तयारी गरेको छ । कम्पनीले २०२२ को मार्चमा इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने घोषणा गरेको हो ।
सुजुकी स्कुटर ’एक्सचेन्ज’ मेला २०७८ सुरु भएको छ ।जापानिज ब्राण्डको मोटरसाईकल र स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले मेला आयोजना गरेको हो । १७ कात्तिकसम्म चल्ने मेलामा नेपाल भरका आधिकारिक शोरुमहरुमा सुजुकी स्कुटर एक्सचेञ्ज गर्न सकिने छ ।जुनसुकै ब्राण्डका मोटरसाइकल वा स्कुटर एक्सचेञ्ज गरी सुजुकीको नयाँ बर्गम्यान र एक्सेस् स्कुटर खरिद गर्न सकिन […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पार्किङबाटै स्कुटर चोरी भएको छ । आइतबार सञ्चारकर्मी रोशन दानीको स्कुटर मन्त्रालयको पार्किङबाट चोरी भएको बताइएको छ । मन्त्रालयबाटै बा.९१ प ९३७७ नम्बरको रातोकालो रंगको डिओ स्कुटर चोरी भएको पत्रकार दानीले रातोपाटीलाई बताए ।मध्यान्ह ४ बजेर २० मिनेटमा मन्त्रालयको गेटबाट बाहिर स्कुटर निकालिएको सीसीटीभी फुटेजमा देखिएको छ । स्कुटरको डिकीभित्र डिएसएलआर क्यामेरा रहेको दानीले दाबी गरेका छन् । दानीले घटनाबारे प्रहरीलाई जानकारी गराएका छन् । दुई दिनअगाडि स्वास्थ्य मन्त्
नेपालमा याडियाको विद्युतीय स्कुटर सार्वजनिक भएको छ। कुजु नेपाल ले बिहीबार नेपाली बजारमा याडिया ब्रान्डका तीन मोडलको विद्युतीय स्कुटर सार्वजनिक गरेको हो।