स्वास्थ्य मन्त्रालयको पार्किङबाट स्कुटर चोरी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पार्किङबाटै स्कुटर चोरी भएको छ । आइतबार सञ्चारकर्मी रोशन दानीको स्कुटर मन्त्रालयको पार्किङबाट चोरी भएको बताइएको छ । मन्त्रालयबाटै बा.९१ प ९३७७ नम्बरको रातोकालो रंगको डिओ स्कुटर चोरी भएको पत्रकार दानीले रातोपाटीलाई बताए ।मध्यान्ह ४ बजेर २० मिनेटमा मन्त्रालयको गेटबाट बाहिर स्कुटर निकालिएको सीसीटीभी फुटेजमा देखिएको छ । स्कुटरको डिकीभित्र डिएसएलआर क्यामेरा रहेको दानीले दाबी गरेका छन् । दानीले घटनाबारे प्रहरीलाई जानकारी गराएका छन् । दुई दिनअगाडि स्वास्थ्य मन्त्