हेटौंडा : बागमती प्रदेश सरकारले गत असार एक महिनामा नै १३ अर्ब रूपैयाँ बजेट खर्च गरेको छ।गत आव ०७८/७९ को अन्तिम महिना अर्थात असारमा मात्रै प्रदेश सरकारले १३ अर्ब ७९ करोड ४५ लाख ८ हजार ८ सय ३५ रूपैयाँ बजेट खर्च गरेको हो। अघिल्लो आवमा पनि बागमती सरकारले असारमा करिब १२ अर्ब रूपैयाँ बजेट खर्च गरेको थियो।आर्थिक वर्षको अन्तिममा मनलाग्दी ढंगले हुने बजेट खर्चलाई प्रदेश सरकारले गत आवमा पनि रोक्न नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ। सरकारले आवको ११ महिना अर्थात जेठसम्ममा २