बैतडी : बैतडीमा गत आर्थिक वर्षमा ८४ करोड रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ।प्रदेश सरकार र संघीय सरकार मातहतका कार्यालयहरूको गरी यो परिमाणमा बजेट फ्रिज भएको हो।प्रदेश सरकार मातहतका कार्यालयको ४० करोड ६२ लाख ४० हजार ९८९ रुपैयाँ फ्रिज भएको छ भने संघीय सरकार मातहतका कार्यालयको ४४ करोड ८३ लाख २ हजार १६३ रुपैयाँ फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भानदेव भट्टले जानकारी दिए।प्रदेश सरकार मातहतका कार्यालहरूको कुल बजेट ३ अर्ब ३० करोड २४ लाख ७६ हजार ८४० मध्ये २ अर्ब ८९ करोड ६२ लाख ३५