विष्णु गाउँपालिकाको बजेट छ महिनापछि पारित

काठमाडौँ,८ माघ । सर्लाहीको विष्णु गाउँपालिकाले लामो समयपछि बजेट पारित गरेको छ । बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा बजेट पारित हुन सकेको थिएन । स्थानीय तहले प्रत्येक वर्ष असारमै नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भए पनि विष्णु गाउँपालिकाले भने माघ ४ गते मात्रै नीति तथा कार्यक्रम र बजेट एकैसाथ पारित गरेको गाउँपालिकाका […]

सम्बन्धित सामग्री

डुडुवा गाउँपालिकाको बजेट पारित

बाँके – बाँकेको डुडुवा गाउँपालिकाले आर्थिक वर्ष सुरु भएको ६ महिनापछि नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको छ । असारभित्र बजेट पारित गरिसक्नुपर्ने भए पनि डडुवाले मंगलबार १२औँ गाउँसभाबाट ६५ करोड ३१ लाख ९३ हजारको बजेट पारित गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले शिक्षा, स्वास्थ, स्वरोजगार, कृषि, विकास निर्माण, वन तथा वातावरण लगायतको १८ […]

प्रसौनी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित हुन सकेन

२२ साउन, वीरगञ्ज । जनप्रतिनिधिहरुबीच कुरा नमिल्दा बाराको प्रसौनी गाउँपालिकाले नयाँ आर्थिक वर्ष सुरु भइसक्दा पनि नीति तथा कार्यक्रम र बजेट पारित गर्न सकेको छैन । १० असारमा बोलाइएको गाउँसभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो । त्यसपछि दोश्रो बैठक २१ साउनका लागि बोलाइएको थियो । तर २१ जना कार्यपालिका सदस्य गाउँसभामा आएनन् । ३९ […]

ताँजकोट गाउँपालिकाको बजेट पारित

सिमकोट – गाउँपालिकाले उत्पादन र रोजगारी सामाजिक रुपान्तरण हाम्रो अभियान भन्ने लक्ष्यसाथ ११ औं गाउँसभाद्वारा बुधबार ३० करोड ४९ लाख ५९ हजारको बजेट पारित भएको छ। भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै ताँजाकोट गाउँपालिकाको गाउँ सभाद्वारा आगामी आर्थिक वर्षको बजेट पारित भएको हो। असार १० गते सभामा पेश भए पनि छलफल र केही […]

कैलारी गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम पारित

टीकापुर । कैलारी गाउँपालिकाको आगामी आर्थि वर्ष ०७९/०८० का लागि गाउँसभामा प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा सोमबार बसेको गाउँ सभा बैठकले बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो । गाउँसभामा कार्यपालिकाबाट भए गरेका निर्णयहरु अनुमोदन ऐन, नियम निर्देशिका, कार्यविधि निर्मााणको अधिकार, स्वीकृत बजेट तथा कार्यक्रममा […] The post कैलारी गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम पारित appeared first on राजधानी राष्ट्रिय दैनिक.

तातोपानीको बजेट पारित

जुम्लाका आठैवटा स्थानीय तहमध्ये पहिलो तातोपानी गाउँपालिकाको बजेट पारित भएको छ । आइतबार बसेको पालिकाको ११औं गाउँसभाबाट आगामी आव २०७९/०८० को बजेट पारित भएको हो । १ देखि ८ नम्बर वडाको बजेटमाथि दफाबार छलफल तथा गाउँसभा सदस्यको टिप्पणीसहित सभाअध्यक्ष नन्दप्रसाद चौलागाईंको सम्बोधनपछि ११औं गाउँसभाबाट बजेट पारित भएको तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए […]

उदयपुरका ४ पालिकाको नीति कार्यक्रम र बजेट पारित

स्थानीय सरकार सञ्चालन ऐन ०७४ बमोजिम असार १० गतेभित्र नीति कार्यक्रम प्रस्तुत गरिसक्नु पर्ने प्रावधान अनुसार तोकिएकै मितिमा जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहले बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेकोमा ४ गाउँपालिकाको पारित भएको हो।...

सिमकोट गाउँपालिकाद्वारा ५३ कराेड बजेट पारित

सिमकोट- हुम्लाकाे सिमकोट गाउँपालिकाले गाउँ सभा सञ्चालन गरेर बजेट पारित गरेको छ। सभाका सदस्य र कर्मचारीबीच छोटो समय सञ्चालन भएको सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गरिएको हो। गाउँपालिकाको छैटौँ गाउँसभा सिमकोटस्थित मानसरोवर होटेलमा सञ्चालन गरिएको थियो। सञ्चारकर्मीलाई समेत जानकारी नगरिएको सभाले करिब ५३ करोड बजेट पारित गरिएको पाइएको छ। आगामी आर्थिक वर्षको बजेटमा के […]

खार्पुनाथ गाउँपालिकाको बजेट ३६ करोड ८८ लाख

सिमकोट – खार्पुनाथ गाउँपालिकाले ३६ करोड ८८ लाख ६४ हजारको बजेट शुुक्रबार गाउँसभाबाट पारित गरेको छ। उपाध्यक्ष ज्ञानबहादुुर सिंहद्वारा प्रस्तुुत बजेटलाई गाउँसभाले पारित गरेको हो। गाउँपालिका उपाध्यक्ष सिंहद्वारा प्रस्तुुत बजेट भाषणमा आगामी आर्थिक वर्षका लागि कुुल ३६ करोड ८८ लाख ६४ हजार ४५० रुपैयाँको बजेट सभाद्वारा पारित भएको हो। यसमा कुुल सभाद्वरा पारिद बजेटमा पुुँजीगततर्फ […]

काठेखोला गाउँपालिकाको बजेट र नीति तथा कार्यक्रम पारित

असार १०, बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।  गाउँपालिकाको बिहीवार सम्पन्न नवौं गाउँसभाले अध्यक्ष अमर बहादुर थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष अर्जुन बहादुर खत्रीले प्रस्तुत गरेको बजेट सर्वसम्मत पारित गरेको हो ।  गाउँपालिकाले आगामी आव २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी सहित स्वास्थ्य र शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । गाउँपालिका अध्यक्ष अमर बहादुर थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड–१९ को कारण पारिवारका सदस्य गुमाएका विपन्न परिवारका बालबालिकाहरुको अध्ययनका लागि पहिचान गरि गरीब तथा विपन्न राहत कार्यक्रम सञ्चालन गर्ने बताए ।  उनले हिंसा पीडितको उद्धार, गरिबी निवारणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी र जीवन उपयोगी बनाउने नीति ल्याएको बताएका छन् । गाउँपालिकाले आगामी आर्थिक वर्षमा गाउँपालिका केन्द्रदेखि वडा कार्यालयसम्मका सडकहरुलाई थप स्तरोन्नित गर्दै ग्रावेल, ढलान र कालोपत्र गर्न पहिलो प्राथमिकता दिने र नयाँ ट्रयाक खोल्नलाई निरुत्साहित गरिने जानकारी दिएको छ ।  गाउँपालिकाले हरेक वर्ष गर्दै आएको खरको छाना विस्थापित कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिँदै आव २०७८/०७९ मा बाँकी रहेका १३० घरपरिवारको खरका छाना विस्थापित गर्ने जानकारी दिएको छ ।  यस्तै, अध्यक्ष थापाले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिका भित्रका स्वास्थ्यचौकीको महत्वपूर्ण भूमिका रहेकोले स्वास्थ्य क्षेत्रको प्रभावकारीता र यसको गुणस्तर वृद्धिका लागि आवश्यक पहिचान गरि ल्याब, बर्थिङ सेन्टर सञ्चालन गर्ने र पूर्वाधारका कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रम मार्फत जानकारी गराए ।  गाउँपालिकाले घरेलु तथा साना उद्योगहरुलाई प्रबर्द्धन गरि स्थानिय उत्पादनलाई विशेष जोड दिइने बताउँदै पहिचान भएका ८० जना उद्यमीहरुका लागि सीपमुलक तालिम सञ्चालन गरिने जानकारी दिएको छ ।  गाउँपालिकाले  शिक्षा क्षेत्रमा पूर्वाधार, सडक पूर्वाधारमा जोड, सिँचाईका ठूला योजना, झोलुंगे तथा पक्कि पुल निर्माणका लागि संघ र प्रदेशसँग समन्वय गरिने नीति लिएको छ । कला संस्कृति, खेलकुद र भाषाको संरक्षण र प्रबर्द्धनलाई नीति तथा कार्यक्रममा जोड दिइएको छ । पर्यटन, कृषि र अन्य सामाजिक क्षेत्रलाई समेत समयानुकुल परिवर्तन गर्दै जाने नीति रहेको छ । यस्तै नवौ गाउँसभाले बिहीवार नै प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित गरेको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि गाउँपालिका उपाध्यक्ष अर्जुन बहादुर खत्रीले प्रस्तुत गरेको ५३ करोड ३१ लाख १४ हजार रुपैयाँको बजेट गाउँसभाले पारित गरेको हो । गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि संघबाट वित्तिय सामानिकरण अनुदानतर्फ रू. १० करोड ६० लाख, संघिय सरकार ससर्त चालू अनुदानमा रू. २७ करोड ८३ लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदानमा रू. १ करोड २२ लाख ७७ हजार, गाउँपालिकाको आन्तरिक आय रू. ५१ लाख ४६ हजार, संघिय सरकार समपुरक अनुदान रू. ३२ लाख संघिय सरकार समपुरक अनुदान रू. १ करोड ३७ लाख, संघिय सरकार राजस्व बाँडफाँट रू. ७ करोड १६ लाख ९१ हजार संघिय सरकार विशेष अनुदान १ करोड ७८ लाख, प्रदेश सरकार विशेष अनुदान रू. ५० लाख, समपुरक अनुदान रू. ५० लाख र संचित कोषबाट अनुमानित रू. १ करोड ५० लाख आम्दानी हुने जानकारी दिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि पूर्वाधार विकासतर्फ सडक तथा पुल, सिँचाई, भवन तथा सहरी विकास, ऊर्जा, लघु जलविद्युत् र सञ्चारतर्फ रू. ३ करोड ११ लाख ७८ हजार सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, संस्कृति प्रबर्द्धन, लैंगिक समानता तथा सामाजिक समावेशिकरणमा १ करोड ५५ लाख ८९ हजार बजेट विनियोजित गरिएको उपाध्यक्ष खत्रीले बताए ।

मेरिङ्देन गाउँपालिकाको बजेट ४१ करोड १६ लाख

जिल्लाको मेरिङ्देन गाउँपालिकाले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ४१ करोड १६ लाख ४९ हजार रुपैयाँको बजेट बुधबार पारित गरेको हो । गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फेले नवौ गाउँसभामा चालूतर्फ २७ करोड ५८ लाख ३३ हजार र पुँजीगततर्फ १३ करोड ५८ लाख १६ हजार […]