जुम्लाका आठैवटा स्थानीय तहमध्ये पहिलो तातोपानी गाउँपालिकाको बजेट पारित भएको छ । आइतबार बसेको पालिकाको ११औं गाउँसभाबाट आगामी आव २०७९/०८० को बजेट पारित भएको हो । १ देखि ८ नम्बर वडाको बजेटमाथि दफाबार छलफल तथा गाउँसभा सदस्यको टिप्पणीसहित सभाअध्यक्ष नन्दप्रसाद चौलागाईंको सम्बोधनपछि ११औं गाउँसभाबाट बजेट पारित भएको तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए […]