प्रसौनी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित हुन सकेन

२२ साउन, वीरगञ्ज । जनप्रतिनिधिहरुबीच कुरा नमिल्दा बाराको प्रसौनी गाउँपालिकाले नयाँ आर्थिक वर्ष सुरु भइसक्दा पनि नीति तथा कार्यक्रम र बजेट पारित गर्न सकेको छैन । १० असारमा बोलाइएको गाउँसभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो । त्यसपछि दोश्रो बैठक २१ साउनका लागि बोलाइएको थियो । तर २१ जना कार्यपालिका सदस्य गाउँसभामा आएनन् । ३९ […]

सम्बन्धित सामग्री

काठमाडौँ महानगरको नीति तथा कार्यक्रम र बजेट पारित

काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।

अन्नपूर्णको नीति तथा कार्यक्रम र बजेट पारित

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आज (शुक्रवार) प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न १७औं गाउँ सभामा अध्यक्ष भारतकुमार पुनले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरिएको हो । पारित भएको नीति कार्यक्रममार्फत गाउँपालिकाको विकासका लागि पर्यटन, पूर्वाधार र […]

छ महीनापछि बजेट पारित

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकाले लामो समयपछि बल्ल बजेट पारित गरेको छ । बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा बजेट पारित हुन सकेको थिएन । स्थानीय तहले प्रत्येक वर्ष असारमै नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भए पनि विष्णु गाउँपालिकाले माघ ४ गते मात्रै नीति तथा कार्यक्रम र बजेट एकसाथ पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव सापकोटाले जानकारी दिए । ‘जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा नीति तथा कार्यक्रम पारित हुन सकेको थिएन,’ उनले भने, ‘लामो समयपछि राजनीतिक सहमति जुटेपछि नीति तथा कार्यक्रम र बजेट दुवै पारित भएको हो ।’ गाउँसभाले चालू आर्थिक वर्षका लागि रू. ५० करोड ८७ लाख ८८ हजारको बजेट ल्याएको थियो । बजेट पारित नहुँदा गाउँपालिकाका कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन् । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिलालगायतले पनि बजेट पारित नहुँदा सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । विकास निर्माणसँगै अन्य क्रियाकलाप ठप्प छन् । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले अब भने तलब, भत्ता, कार्यक्रम, योजना सबै नियमित चल्ने बताए । पटक–पटक गाउँसभाको बैठक बस्ने प्रयास भए पनि सहमति जुट्न नसक्दा बजेट पारितमा ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय यादवले बताए । रासस

काठमाडौं महानगरको साढे २५ अर्बको बजेट पारित

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७९–८० को बजेटसँगै नीति तथा कार्यक्रम पारित गरेको छ । २५ अर्ब ४१ करोड ९६ लाखको बजेट पारित भएसँगै महानगरको ११ औँ अधिवेशन शुक्रबारबाट सकिएको...

भरतपुर महानगरको नीति–कार्यक्रम तथा बजेट पारित

भरतपुर महानगरपालिकाको नगर सभा तथा ११औँ अधिवेशन नीति–कार्यक्रम एवम् बजेट पारित गर्दै सकिएको छ। नगरप्रमुख रेनु दाहालले प्रस्तुत गरेको ३ सय ३३ बुँदे नीति तथा कार्यक्रम पारित गर्दै सकिएको हो।...

भरतपुर महानगरपालिकाको बजेट पारित

भरतपुर महानगरपालिकाको शुक्रबार सुरू भएको एघारौं नगरसभा नगर प्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीद्वारा प्रस्तुत ५ अर्ब ७४ करोड बराबरको बजेट पारित गर्दै आइतबार सम्पन्न भएको छ । नगरसभाले आर्थिक वर्ष ०७९–८० को बजेट अनुमोदनसँगै आर्थिक, विनियोजित विधेयक पारित गरेको हो ।सो अवसरमा कार्यपालिकाका बैठकले गरेका निर्णयलाई परिमार्जनसहित  अनुमोदन गरिएको छ । सभामा बोल्दै प्रमुख रेनु दाहालले महानगरपालिकामा राजनैतिक भेदभाव नहुने प्रतिवद्धता व्यक्त गरिन् । &nbs

महालक्ष्मी नगरपालिकाको बजेट पारित

नगरपालिकाका प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा सम्पन्न भएको सभाले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ।...

सिरहाका १२ स्थानीय तहको बजेट पारित, पाँचको अझै भएन

सिरहाका १२ वटा स्थानीय तहले गाउँ तथा नगरसभामार्फत बजेट पारित गरेका छन् । पाँच स्थानीय तहको बजेट अन्योलमा परेको छ । यहीअसार १० गतेभित्र नगर तथा गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण बिहीबार अन्तिम दिन सिरहाका पाँच नगरपालिका र एक गाउँपालिकाले एकै दिन सभामार्फत बजेट पारित गरेका छन् ।जिल्लाको लहान नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, सिरहा नगरपालिका र अर्नमा गाउँपालिकाले बिहीबार एकै दिन नगर तथा गाउँसभामार्फत आव २०७८÷७९ &nbs

लुम्बिनी प्रदेशसभा : सरकारको नीति तथा कार्यक्रम पारित होला ?

बुुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार आफ्नो स्थायित्वका लागि संघर्षरत छ भने विपक्षी दलहरु सरकारसँग बहुमत नरहेको जिकिर गर्दै आएका छन् ।यही सेरोफेरोमा प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम अर्थात् बजेट पारित गर्न सक्छ कि सक्दैन भनेर धेरैको चासो बढेको छ । सर्वोच्च अदालतले जसपाका चार सांसदमाथिको कारवाहीलाई तत्कालका लागि अमान्य हुने गरी अन्तरिम आदेश जारी गरेसँगै प्रदेशसभाको अंकगणित मुख्यमन्त्री पोखरेलको पक्षमा देखिन्छ ।तर विपक्षी गठबन्धन भने राष्ट्रियसभा उपनिर्वाचनमा

नीति तथा कार्यक्रम एक ढिक्का भएर पारित गराउने एमाले संसदीय दलको निर्णय

लुम्बिनी प्रदेशसभा नेकपा(एमाले) संसदीय दलले सरकारको नीति तथा कार्यक्रम एक ढिक्का भएर पारित गराउने निर्णय गरेको छ ।   प्रदेशसभाको आजदेखि शुरु भएको आठौंँ अधिवेशनअघि दलको धारणा तय गर्न बसेको संसदीय दलको बैठकले विपक्षीको सामना गर्दै बजेट पारित गराउने निर्णय गरेको प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिए । बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्य सतर्कता अपनाएर प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका थिए ।   बैठकमा सरकारविरुद्ध हुने असंवैधानिक क्रियाकलापविरुद्ध सबै सदस्य एकसाथ उभिन एकम...