भारतको ४० प्रतिशत सम्पत्ति एक प्रतिशत धनीको हातमा

नयाँदिल्ली। भारतका एक प्रतिशत धनीको हातमा देशको कुल सम्पत्तिको ४० प्रतिशत हिस्सा रहेको एक अध्ययनले देखाएको छ। अक्सफाम इण्डियाले सोमबार सार्वजनिक गरेको प्रतिवेदन ‘सर्भाइभल अफ द रिचेस्ट’का अनुसार वर्ष २०२२ मा भारतका १०० धनी व्यक्तिसँग ५४.१२ लाख करोड सम्पत्ति रहेको छ, जसमध्ये १० जनासँग २७.५२ लाख करोड सम्पत्ति छ। वर्ष २०२१ को तुलनामा २०२२ मा यसमा ३२.८प्रतिशतले वृद्धि भएको छ।

सम्बन्धित सामग्री

आर्थिक असमानताको गहिरो खाडल

नेपालको विद्यमान आर्थिक र सामाजिक संरचनाले धनी र गरिबबीचको खाडल बढाउन मद्दत गरिरहेको छ । मानवीय जवाफदेहिता अनुगमन अभियान (हामी) र अक्सफाम नेपालले संयुक्त रूपमा गरेको एक अध्ययन प्रतिवेदनले पनि नेपालमा धनी र गरिबबीच यस्तो खाडल रहेको देखाएको छ । प्रतिवेदनमा उल्लेख गरिएअनुसार नेपालका १० प्रतिशत धनीको सम्पत्ति ४० प्रतिशत गरिबको भन्दा २६ गुणा बढी […]

सातामा १ खर्ब २७ अर्बभन्दा बढीले घट्यो लगानीकर्ताको सम्पत्ति मूल्य

काठमाडौं । गत साता धितोपत्र दोस्रो बजारका महत्वपूर्ण सूचकहरू घटेका छन् । बजार अघिल्लो साताको तुलनामा ८८ दशमलव ६७ अंक तल झरेको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार १८३ दशमलव २१ विन्दुमा रहेको बजार गत साताको अन्तिम कारोबार दिन २ हजार ९४ दशमलव ५४ विन्दुमा झरेको हो । साताको पाँच कारोबार दिनमा नेप्से परिसूचक एक कारोबार दिनमात्र बढेको छ । पहिलो कारोबार दिन १४ दशमलव ६८ अंक, दोस्रो दिन ४१ दशमलव १६ अंक र तेस्रो दिन १५ दशमलव ७० अंक घटेको बजार चौथो दिन भने ४ दशमलव ९७ अंक बढेको थियो । पाँचौ कारोबार दिन बजार २२ दशमलव १२ अंकले घटेर बन्द भएको हो । धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचकसँगै ठुला कम्पनीको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि गत साता १४ दशमलव ७७ अंकले घटेको छ । अघिल्लो साता ४१३ दशमलव १४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स गत साता ३९८ दशमलव ३७ विन्दुमा झरेको हो ।  बजार घट्दा लगानीकर्ताको सम्पत्ति मूल्य पनि घटेको छ । अघिल्लो साताभन्दा गत साता लगानीकर्ताको सम्पत्तिको मूल्य अर्थात् कुल बजारपूँजीकरण रू. १ खर्ब २७ अर्ब ९५ करोड ८८ लाखले घटेको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन रू. ३१ खर्ब ५० अर्ब ४८ करोड ६५ लाख रहेको कुल बजारपूँजीकरण गत साताको अन्तिम कारोबार दिन रू. ३० खर्ब २२ अर्ब ५२ करोड ७६ लाख रहेको थियो । गत साता कारोबार रकम र कित्ता समेत घटेको छ । अघिल्लो साता रू. १३ अर्ब १९ करोड ३८ लाखभन्दा बढीको ३ करोड ६३ लाख ५६ हजार ७८६ कित्ता धितोपत्र खरीदविक्री भएकोमा गत साता रू. १३ अर्ब ७२ लाखभन्दा बढीको ३ करोड ५५ लाख ८९ हजार ७५८ कित्ता धितोपत्र खरीदविक्री भएको हो । गत साता औषतमा रू. २ अर्ब ६० करोडभन्दा बढीको धितोपत्र खरीदविक्री भएको देखिन्छ । नयाँ सरकार गठनसँगै उकालो लागेको धितोपत्र दोस्रो बजार पछिल्लो समय राजनितिक अन्योलताले बजार प्रभावित बनेको को अनुमान लगानीकर्ताहरूको छ । सूचनाको आधारमा चल्ने नेपालको धितोपत्र दोस्रो बजार अगामी साता भने केहि सकारात्मक बन्न सक्ने अनुमान जानकारहरूले गरेका छन् । बजारमा तरलता प्रयाप्त हुँदापनि बजारमा लगानी गर्ने या नगर्ने अन्योलतामा लगानीकर्ता रहेको जानकारहरूको बुझाइ छ । बजारप्रति सकारात्मक सूचनाले लगानीकर्ता उत्साहित हुने अवस्थामा अगामी साताको कारोबारका लागि शेयर धितोकर्जाको सीमा हट्न सक्ने संकेतले सकारात्मक प्रभाव पार्ने जानकारी लगानीकर्ताको अनुमान छ । बिहीवार आयोजित एउटा अन्तरक्रियामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर धितो कर्जाको समस्याका विषयमा सरोकार सबै पक्षहरू बसेर समाधान खोज्न सकिने वताएका थिए । उनले यो विषयमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समेत सकारात्मक रहेको बताएका थिए । पर्ख र हेरको अवस्थामा रहेको लगानीकर्तालाई शेयर धितो कर्जामा रहेको समस्या समाधानका लागि अर्थमन्त्रीले देखाएको चासोले उत्साहित बनाउन सक्ने सम्भावना देखिन्छ । गत साता सबै समूहले गुमाए  गत साता सबै समूहले गुमाएका छन् । कारोबारमा आएका सबै समूहगत परिसूचक गत साता घटेका हुन । गत साता सर्वाधिक परिसूचक लगानी समूहको ७ दशमलव २५ प्रतिशत घटेको छ । त्यस्तै वित्त समूहको ६ दशमलव ९५ प्रतिशत, जलविद्युतको ५ दशमलव शून्य ८ प्रतिशत, लघुवित्त ४ दशमलव ९६ प्रतिशत, विकास बैंक ४ दशमलव ८६ प्रतिशत, निर्जीवन बीमा ४ दशमलव ४५ प्रतिशत, अन्यको ४ दशमलव ४० प्रतिशत, होटल तथा पर्यटनको ४ दशमलव ३६ प्रतिशतले घटेको छ । त्यसैगरी व्यापारिकको ४ दशमलव ३५ प्रतिशत, जीवन बीमाको ३ दशमलव ३० प्रतिशत, म्युचुअल फण्डको २ दशमलव ८३ प्रतिशत, बैंकिङको २ दशमलव ७१ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको २ दशमलव १६ प्रतिशत परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्ने लगानी समूह अन्तर्गत धितोपत्र दोस्रो बजारमा ६ कम्पनी सूचीकृत रहेका छन् ।

आजदेखि काठमाडौँमा १ करोड मूल्य पर्ने जग्गा धितो राख्दा ३० लाख मात्रै ऋण पाईने

जग्गा धितोमा राखेर कर्जा लिँदा पाईने कर्जाको नयाँ सीमा आजबाट लागू भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको नयाँ व्यवस्था अनुसारको घरजग्गा धितो कर्जा आजबाट लागू भएको हो । नयाँ व्यवस्था अनुसार अब घरजग्गा धितो राख्दा काठमाडौँ उपत्यकामा धितोको ३० प्रतिशत र काठमाडौँ बाहिर ४० प्रतिशत मात्रै कर्जा पाईनेछ । यसको अर्थ अब काठमाडौँ उपत्यकामा १ करोड रुपैयाँको जग्गा धितोमा राख्दा ३० लाख मात्रै कर्जा पाईनेछ । काठमाडौँ बाहिर पनि १ करोड मूल्यकै जग्गा धितोमा राख्दा ४० लाख कर्जा पाईनेछ ।राष्ट्र बैंकले कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र कर्जा लिन राखिने धितो सुरक्षणको अनुपात मौद्रिक नीतिमार्फत घटाएको हो । राष्ट्र बैंकले घरजग्गा धितोमा १००ः३० को अनुपात नाघेको छ भने कर्जा असुल गर्न पनि बैंकहरुलाई निर्देशन दिएको छ ।यसअघि धितो सुरक्षण अनुपात काठमाडौँ उपत्यकामा ४० प्रतिशत र उपत्यका बाहिर ५० प्रतिशत थियो ।

शीर्ष ३ चिनियाँ आवास कम्पनीहरूको बिक्री ४० प्रतिशत भन्दा कम

चीनले महत्त्वपूर्ण आर्थिक उथलपुथलको सामना गरिरहेको बेला एक तथ्याङ्कको रिपोर्टले देखाए अनुसार शीर्ष तीन चिनियाँ सम्पत्ति कम्पनीहरूको बिक्री ४० प्रतिशत भन्दा बढीले घटेको छ।

शीर्ष ३ चिनियाँ आवास कम्पनीहरूको बिक्री ४० प्रतिशत भन्दा कम

चीनले महत्त्वपूर्ण आर्थिक उथलपुथलको सामना गरिरहेको बेला एक तथ्याङ्कको रिपोर्टले देखाए अनुसार शीर्ष तीन चिनियाँ सम्पत्ति कम्पनीहरूको बिक्री ४० प्रतिशत भन्दा बढीले घटेको छ।

स्वीकृत दरबन्दीको ४० प्रतिशत कर्मचारीका भरमा गुठी संस्थान

काठमाडौँ । गुठी सम्पत्ति र सम्पदाको संरक्षण एवं प्रवर्द्धन गर्दै गुठी व्यवस्थालाई जीवन्तता दिने उद्देश्यले स्थापित गुठी संस्थान स्वीकृत कर्मचारी दरबन्दीको ४० प्रतिशत जनशक्तिका भरमा चलिरहेको छ । संस्थानमा स्वीकृत दरबन्दीअनुसार १५५ को दरबन्दी छ । त्यसमध्ये हाल ६७ मात्र कार्यरत रहेको संस्थानका अध्यक्ष पूण्यप्रसाद भुसालले जानकारी दिए । हाल कार्यरतमध्ये पनि आगामी चैतसम्म तीन […]

सिटीजन्स म्युचुअल फण्ड - १ र २ को प्रतिइकाई खुद सम्पत्ति मूल्य घट्यो

असोज १४, काठमाडौं । सिटीजन्स म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित सिटीजन्स म्युचुअल फण्ड - १ र २ ले भदौ मसान्तसम्मको वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार साउन मसान्तको तुलनामा भदौ मसान्तमा दुबै योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य घटेको छ । सिटीजन्स म्युुचुअल फण्ड - १ को साउन मसान्तसम्ममा प्रतिइकाई खुद सम्पत्तिको मूल्य रू. १६ दशमलव १० रहेकोमा भदौ मसान्तमा घटेर रू. ११ दशमलव ३५ मा झरेको हो ।  त्यसैगरी सिटीजन्स   म्युचुअल फण्ड - २ को प्रतिइकाई खुद सम्पत्ति मूल्य साउन मसान्तसम्ममा रू. १७ दशमलव २४ रहेकोमा भदौ मसान्तमा घटेर रू. १२ दशमलव ३९ मा सीमित भएको हो । ४० प्रतिशत नगद लाभांशको समायोजनपछि ती दुबै फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य घटेको हो । सिटीजन्स म्युचुअल फण्ड - २ ले भदौ मसान्तसम्ममा रू. १ करोड १७ लाख ८० हजार नाफा कमाएको छ । फण्डले साउन मसान्तसम्ममा रू. ५ करोड ९० लाख ५८ हजार नाफा कमाएको थियो । यस आधारमा उक्त फण्डको नाफा साउन मसान्तको तुलनामा भदौ मसान्तमा घटेको हो ।  साउन मसान्तको तुलनामा भदौ मसान्तमा फण्डको आम्दानीमा कमि आएकाले नाफा घटेको हो । साउन मसान्तमा रू. ६ करोड ६ लाख ९ हजार आम्दानी गरेको उक्त फण्डको  आम्दानी भदौ मसान्तमा घटेर रू. १ करोड ४४ लाख २९ हजारमा सीमित भएको हो ।  त्यसैगरी सिटीजन्स म्युचुअल फण्डले साउन मसान्तसम्ममा रू.६ करोड ५० लाख ४६ हजार नाफा कमाएकोमा भदौ मसान्तमा घटेर रू. ३८ लाख ३६ हजारमा सीमित भएको हो । साउन मसान्तको तुलनामा भदौ मसान्तमा फण्डको आम्दानीमा कमि आएकाले नाफा घटेको हो । साउन मसान्तमा रू. ६ करोड ७१ लाख ६१ हजार आम्दानी गरेको उक्त फण्डको आम्दानी भदौ मसान्तमा घटेर रू. ७४ लाख ५७ हजार ५१२ मा सीमित भएको छ ।

रत्ननगर नपाले करमा २० प्रतिशतसम्म छूट दिने

चितवन (अस) । रत्ननगर नगरपालिकाले करमा २० प्रतिशतसम्म छूट घोषणा गरेको छ । चालू आर्थिक वर्षमा करको लक्ष्य प्राप्तिका लागि नगरपालिकाले एकीकृत सम्पत्ति करमा १० प्रतिशत, घरबहाल करमा ७ प्रतिशत र व्यवसाय करमा २० प्रतिशत छूट दिने भएको हो । चालू आर्थिक वर्षको कात्तिक मसान्तभित्र एकीकृत सम्पत्ति कर बुझाएमा १० प्रतिशत, घर बहाल करमा ७ प्रतिशत र व्यवसाय करमा २० प्रतिशत छूटको व्यवस्था गरिएको राजस्व शाखा प्रमुख धर्मराज अधिकारीले जानकारी दिए । उनका अनुसार विगतका आर्थिक वर्षको व्यवसाय कर कात्तिक मसान्तभित्र बुझाएमा जरिवानामा ५० प्रतिशत छूट दिइएको छ । करलाई थप प्रभावकारी बनाउन सूचना प्रकाशित गरेर करदातालाई समयमै कर बुझाएर छूट अफरको लाभ लिन नगरपालिकाले सूचीत गरेको छ । कर नतिर्ने, कर छल्ने तथा झुटो विवरण पेश गर्ने कार्य गरेमा कानून बमोजिम कारबाही, दण्डजरिवाना र नगरपालिकाबाट उपलब्ध हुने सेवा सुविधाबाट वञ्चित गरिने बताइएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा करीब १० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । करदाताले समयमै कर नबुझाउने, व्यवसाय दर्ता गर्न आनाकानी गर्ने प्रवृत्तिका कारण रत्ननगरमा लक्ष्य अनुसार कर संकलन हुन नसकेको छैन । रत्ननगर बजार क्षेत्रका करीब ४० प्रतिशत व्यवसायी अझै करको दायरामा नआएको अनुमान गरिएको छ ।  करको दायरा बढाउन  नगरपालिकाले गतवर्ष घरदैलो कार्यक्रम गरेको थियो ।