असोज १४, काठमाडौं । सिटीजन्स म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित सिटीजन्स म्युचुअल फण्ड - १ र २ ले भदौ मसान्तसम्मको वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार साउन मसान्तको तुलनामा भदौ मसान्तमा दुबै योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य घटेको छ । सिटीजन्स म्युुचुअल फण्ड - १ को साउन मसान्तसम्ममा प्रतिइकाई खुद सम्पत्तिको मूल्य रू. १६ दशमलव १० रहेकोमा भदौ मसान्तमा घटेर रू. ११ दशमलव ३५ मा झरेको हो ।
त्यसैगरी सिटीजन्स म्युचुअल फण्ड - २ को प्रतिइकाई खुद सम्पत्ति मूल्य साउन मसान्तसम्ममा रू. १७ दशमलव २४ रहेकोमा भदौ मसान्तमा घटेर रू. १२ दशमलव ३९ मा सीमित भएको हो ।
४० प्रतिशत नगद लाभांशको समायोजनपछि ती दुबै फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य घटेको हो । सिटीजन्स म्युचुअल फण्ड - २ ले भदौ मसान्तसम्ममा रू. १ करोड १७ लाख ८० हजार नाफा कमाएको छ । फण्डले साउन मसान्तसम्ममा रू. ५ करोड ९० लाख ५८ हजार नाफा कमाएको थियो । यस आधारमा उक्त फण्डको नाफा साउन मसान्तको तुलनामा भदौ मसान्तमा घटेको हो ।
साउन मसान्तको तुलनामा भदौ मसान्तमा फण्डको आम्दानीमा कमि आएकाले नाफा घटेको हो । साउन मसान्तमा रू. ६ करोड ६ लाख ९ हजार आम्दानी गरेको उक्त फण्डको आम्दानी भदौ मसान्तमा घटेर रू. १ करोड ४४ लाख २९ हजारमा सीमित भएको हो ।
त्यसैगरी सिटीजन्स म्युचुअल फण्डले साउन मसान्तसम्ममा रू.६ करोड ५० लाख ४६ हजार नाफा कमाएकोमा भदौ मसान्तमा घटेर रू. ३८ लाख ३६ हजारमा सीमित भएको हो ।
साउन मसान्तको तुलनामा भदौ मसान्तमा फण्डको आम्दानीमा कमि आएकाले नाफा घटेको हो । साउन मसान्तमा रू. ६ करोड ७१ लाख ६१ हजार आम्दानी गरेको उक्त फण्डको आम्दानी भदौ मसान्तमा घटेर रू. ७४ लाख ५७ हजार ५१२ मा सीमित भएको छ ।