नेपाल दूरसञ्चार कम्पनीको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा

चैत २५, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदएको छ । कम्पनीले आज (शुक्रवार) देखि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएको हो । कम्पनीले चैत २४ गते सम्पन्न १४औं वार्षिक साधारण सभाद्वारा पारित प्रतिशेयर रू. २० का दरले नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो ।  साधारण सभा प्रयोजनका लागि बुक क्लोज हुने मितिसम्म कायम रहेका शेयरधनीको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम सोही खातामा नै जम्मा गर्ने कम्पनीले भनेको छ ।  हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई समयमा नै नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ । बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमअनुसार नै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनी आफैले व्यहोर्नु पर्ने समेत कम्पनीले बताएको छ । 

सम्बन्धित सामग्री

नेपाल दूरसञ्चार कम्पनीको १६औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १६औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९/८० को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साधारणसभामा करिब ९२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको कम्पनिले जनाएकाे […]

नेपाल टेलिकमले शेयर धनीलाई नगद लाभांश वितरण गर्ने

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७८÷७९ को मुनाफा रकममध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयर धनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज सम्पन्न पन्ध्रौँ वार्षिक साधारण सभाले शेयर धनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

नेपाल टेलिकमले प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पन्ध्रौँ वार्षिक साधारणसभा पुस २८ गते) सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७८।७९ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साधारणसभामा करिब ९१.६ प्रतिशत शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक...

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ – नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । काठमाडौँमा भएको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकममध्येबाट कम्पनीका शेयरधनीलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० कित्ताको अनुपातमा बोनस शेयर र प्रति शेयर २० का दरले नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पुँजी १८ अर्ब पुर्‍याउने प्रस्ताव पारित […]

नेपाल टेलिकमले प्रतिसेयर ४० रुपैयाँ लाभांश वितरण गर्ने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । टेलिकमको शुक्रबार बसेको १३ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको ४० प्रतिशत नगद लाभांश पारित गरेको हो । यस्तै साधारणसभाले वार्षिक प्रतिवेदन पास गर्ने, अनुसूचीहरु पारित गर्ने र आर्थिक वर्ष २०७७÷०७८ को लागि महालेखापरीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखा परीक्षण समितिको सिफारिसमा लेखापरीक्षक नियुक्त गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताउनुभयो । साधारणसभाले सर्वसाधारण सेयरधनीको प्रतिनिधिमा अम्बिकाप्रसाद पौडेललाई निर्विरोध निर्वाचित गरेको पनि प्रवक्ता जोशीले बताउनुभयो । साधारणसभामा सेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ कम्पनीका अध्यक्ष र कार्यकारी प्रमुखले दिएको पनि प्रवक्ता जोशीले बताउनुभयो । टेलिकमले गत आर्थिक वर्षमा ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ६४ रुपैयाँ ९९ पैसा रहेको छ । गत आर्थिक वर्षमा टेलिकमको कुल ग्राहक संख्या २ करोड पुगेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

नेपाल टेलिकमले प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश दिने

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट शेयरधनीलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ

टेलिकमले शेयरधनीलाई नगद लाभांश दिने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।    कम्पनीको सोमबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले ...

टेलिकमको ५५ प्रतिशत नगद लाभांश पारित

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) का सेयरधनीहरूले २०७३/७४ को नाफाबाट प्रतिसेयर ५५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । कम्पनीको आइतबार सम्पन्न १० औँ साधारण सभाले यो प्रस्ताव पारित गरेको हो ।