चैत १०, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी र जीवन विकास लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (बिहीवार) रहेको छ ।
नेपाल दूरसञ्चार कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म र जीवन विकास लघुवित्तले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १२ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने भएसँगै बिहीवारसम्म कायम शेयरधनीले यी दुवै कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
नेपाल दूरसञ्चार कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश करसहित गरेर कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २४ गते साधारण सभा बोलाएको छ ।
सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेल काठमाडौंमा दिनको ११ बजे साधारण सभा शुरु हुने छ ।
त्यसैगरी जीवन विकास लघुवित्तले शेयरधनीले गत आवको मुनाफबाट ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ६८ ४२ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २५ गते साधारण सभा गर्ने जानकारी दिएको छ ।
सभा कम्पनीको केन्द्रीय कार्यालय कटहरी २ मोरङगमा बिहान १०:३० बजे शुरु गर्नेछ ।