नेपाल टेलिकमले प्रतिसेयर ४० रुपैयाँ लाभांश वितरण गर्ने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । टेलिकमको शुक्रबार बसेको १३ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको ४० प्रतिशत नगद लाभांश पारित गरेको हो । यस्तै साधारणसभाले वार्षिक प्रतिवेदन पास गर्ने, अनुसूचीहरु पारित गर्ने र आर्थिक वर्ष २०७७÷०७८ को लागि महालेखापरीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखा परीक्षण समितिको सिफारिसमा लेखापरीक्षक नियुक्त गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताउनुभयो । साधारणसभाले सर्वसाधारण सेयरधनीको प्रतिनिधिमा अम्बिकाप्रसाद पौडेललाई निर्विरोध निर्वाचित गरेको पनि प्रवक्ता जोशीले बताउनुभयो । साधारणसभामा सेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ कम्पनीका अध्यक्ष र कार्यकारी प्रमुखले दिएको पनि प्रवक्ता जोशीले बताउनुभयो । टेलिकमले गत आर्थिक वर्षमा ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ६४ रुपैयाँ ९९ पैसा रहेको छ । गत आर्थिक वर्षमा टेलिकमको कुल ग्राहक संख्या २ करोड पुगेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित सामग्री

साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कर्पोरेसनको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

लक्ष्मी बैंकले लाभांश वितरण नगर्ने

काठमाडौँ- लक्ष्मी बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको आइतबार बिहान बसेकोे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले सम्पूर्ण आम्दानी ‘रिटेन अर्निङ’ मा राख्ने निर्णय गरेको छ ।

गरिमा विकास बैंकले शेयरधनीलाई १४.५० प्रतिशत लाभांश वितरण गर्ने

गरिमा विकास बैंकले शेयरधनीलाई १४.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

सहकारीलाई लाभांश वितरण गर्न कडाइ

सहकारी विभागले सहकारी संघसंस्थालाई लाभांश वितरण तथा सेवा केन्द्र खोल्नका लागि कडाइ गर्ने भएको छ । सहकारी संघसंस्थाका लागि एकीकृत निर्देशनमार्फत संघीय सहकारी विभागले लाभांश वितरण, सेवाकेन्द्र स्थापना, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था र सहकारी ऐन तथा नियमावली कार्यान्वयनमा कडाइ गर्न लागेको हो ।सहकारी ऐन २०७४ जारी भएपछि विभागले पहिलोपटक एकीकृत निर्देशन जारी गर्न लागेको हो । ऐनमा रजिस्ट्रारले सहकारी संस्थाहरूका लागि निर्देशन जारी गर्न पाउने व्यवस्था गरेको छ । ‘सहकारी ऐनले दिएको

हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश वितरण गर्ने

हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले २५ प्रतिशत नगद लाभांश र ७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।सञ्चालक समितिको यस प्रस्ताव साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । कम्पनीले गत आर्थिक वर्षको नाफा तथा संचित मुनाफासमेतबाट आफ्ना सेयरधनीलाई शतप्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ ।

सेञ्चुरी कमर्सियल बैंकले शेयरधनीलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने

सेञ्चुरी कमर्सियल बैंकले आफ्ना शेयरधनीहरूलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शुक्रबार बसेकोे बैंक सञ्चालक समितिको ३५२औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त परिमाणको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल बंगलादेश बैंकले १५.५ प्रतिशत लाभांश वितरण गर्ने

नेपाल बंगलादेश बैंकले लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको सञ्चालक समिति बैठकले साढे १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसअनुसार १२ प्रतिशत बोनस सेयर र साढे ३ प्रतिशत (करसहित) नगद लाभांश बाँड्ने निर्णय गरिएको छ । यद्यपि यो निर्णय राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि मात्रै लागू हुनेछ […]

निफ्राले ८.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, ५ असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले यस वर्ष ८.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज ४ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत उक्त नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २० अर्ब रहेको छ […]

नेपाल बैंकको लाभांश वितरण गर्न अर्थले दिएन सहमति

२५ माघ, काठमाडौं । नेपाल बैंक लिमिटेडको लाभांश वितरण गर्ने निर्णयमा अर्थमन्त्रालयले असहमति जनाएको छ । गत आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मूनाफाका आधारमा मात्रै लाभांश वितरण गर्नु भने पनि त्यो भन्दा धेरै लाभांश वितरण गर्ने बैंकले निर्णय गरेको भन्दै अर्थले सहमति नदिएको हो । नेपाल बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको […]