चैत ९, काठमाडौं । जीबन विकास लघुवित्त वित्तीय संस्था र नेपाल दूरसञ्चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ ।
जीवन विकास लघुवित्तले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १२ गते देखि २५ गतेसम्म र नेपाल दुरसञ्चार कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले यी दुबै कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
नेपाल दूरसञ्चार कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश करसहित गरेर कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २४ गते साधारण सभा बोलाएको छ ।
सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेल काठमाडौंमा दिनको ११ बजे साधारण सभा शुरु हुने छ ।
त्यसैगरी जीबन विकास लघुवित्तले शेयरधनीले गत आवको मुनाफबाट ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ६८ ४२ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २५ गते साधारण सभा गर्ने जानकारी दिएको छ ।
सभा कम्पनीको केन्द्रीय कार्यालय कटहरी २ मोरङगमा बिहान १०ः३० बजे शुरु गर्ने छ ।