नेपाल टेलिकमले शेयर धनीलाई नगद लाभांश वितरण गर्ने

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७८÷७९ को मुनाफा रकममध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयर धनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज सम्पन्न पन्ध्रौँ वार्षिक साधारण सभाले शेयर धनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

सम्बन्धित सामग्री

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत नगद लाभांश वितरण

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट करसमेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत फागुन ३० गते सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।  लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते एक दिन बुक क्लोज गरेकाले फागुन १० गतेसम्म कायम शेयरधनीलाई चैत ७ गतेदेखि नगद लाभांश वितरण गर्न शुरु गरेको हो । सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश वितरण गरिएको जानकारी कम्पनीले दिएको हो । हालसम्म आफ्नो शेयर हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यलाई यथाशीघ्र गराई नगद लाभांश प्राप्त गर्नसमेत कम्पनीले आग्रह गरेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत नगद लाभांश वितरण

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट करसमेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत फागुन ३० गते सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।  लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते एक दिन बुक क्लोज गरेकाले फागुन १० गतेसम्म कायम शेयरधनीलाई चैत ७ गतेदेखि नगद लाभांश वितरण गर्न शुरु गरेको हो । सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश वितरण गरिएको जानकारी कम्पनीले दिएको हो । हालसम्म आफ्नो शेयर हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यलाई यथाशीघ्र गराई नगद लाभांश प्राप्त गर्नसमेत कम्पनीले आग्रह गरेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने

काठमाडाैँ- नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७८÷०७९ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश दिने निर्णय पारित गरेको हो। कम्पनीले वार्षिकोत्सवको अवसरमा […]

मिर्मिरे लघुवित्तले यस वर्ष ६.३२ % नगद लाभांश वितरण गर्ने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष ६ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । पुस १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ४ करोड २० लाख ७६ हजार ३०२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ६६ करोड ५७ लाख ६४ हजार रुपैयाँ छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले गत वर्षभन्दा यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । यस वर्ष भने कम्पनीले नगद लाभांशमा जोड दिएको हो । रासस

नेपाल इन्फ्रास्ट्रक्चरले यस वर्ष ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँको आधारमा करसमेत ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कात्तिक २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । कम्पनीको लाभांश प्रस्ताव अर्थमन्त्रालयबाट समेत स्वीकृति गराउनुपर्नेछ । कम्पनीले गत वर्षको जति नै लाभांश यस वर्ष वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ४ दशमलव २१ प्रतिशत करसमेत नगद लाभांश वितरण गरेको थियो । यसअघि दुई आर्थिक वर्षमा कम्पनीले लाभांश वितरण गरेको छ । सुरुको वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

छिमेक लघुवित्तद्वारा यस वर्षको नगद लाभांश वितरण गर्न शुुरु

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले यस वर्षको नगद लाभांश वितरण गर्न शुरु गरेको छ ।  कम्पनीले गत आर्थिक वर्ष २०७८/ ०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा करसमेत ३ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव चैत १० गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित गराएको थियो । उक्त नगद लाभांश चैत १४ गतेदेखि सम्बन्धित शेयरधनीहको हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश जम्मा गर्न शुरु गरिएको हो । कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब ३२ करोड ४१ लाख  रुपैयाँको आधारमा नगद लाभांशसँगै २२ प्रतिशत बोनस शेयर समेत वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको छ । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि सम्बन्धित शेयरधनीहको हितग्राही खातामा जम्मा गरिनेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २४ गते सार्वजनिक विदा परी बजार बन्द भएकाले फागुन २३ गतेसम्म कायम शेयरधनीहले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् । फागुन २३ गतेसम्म आफ्नो शेयर धितो राखेर कर्जा सुविधा उपभोग गरेका सदस्यहको हकमा सम्बन्धित संस्थाबाट धितो राखेको शेयरको संख्या समेत खुल्ने गरी नगद लाभांश तथा बोनस शेयर प्रदान गर्नका लागि नो अब्जेक्सन लेटर र सो मितिपछि कर्जा भुक्तानी गरेका सदस्यहले फुकुवा पत्र पेश गरेपछि मात्र नगद लाभांश जम्मा गरिने कम्पनीको भनाइ छ । कम्पनीको शेयर रजिष्टारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्वारा नगद लाभांश वितरण

काठमाडौं ।श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत वर्षको मुनाफाबाट वितरण गर्ने गरी निर्णय गरेको नगद लाभांश वितरण गर्न शुरू गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट पारित करसमेत ५ दशमलव २० प्रतिशत नगद लाभांश वितरण शुरू गरेको हो । वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १९ गते एक दिन बुक क्लोज गरेको कम्पनीले पुस १८ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा उल्लिखित बैंक खातामै माघ ५ गतेदेखि नै नगद लाभांश जम्मा गर्न शुरू गरेको हो । हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूको नगद लाभांश बैंक खाता अद्यावधिकपछि मात्र वितरण हुने जानकारी कम्पनीले दिएको छ । साथै बुक क्लोजको अघिल्लो दिनसम्म आफ्नो शेयर धितो राखी कर्जा उपयोग गरेका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र पेश गरेपछि मात्र नगद लाभांश प्राप्त गर्नेछन् । कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।  कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफबाट नगद लाभांशसँगै २ दशमलव ४० प्रतिशत बोनस शेयरसमेत वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि मात्र वितरण गरिने जानकारी कम्पनीले दिएको छ ।

शिवम् सिमेन्ट्सको नगद लाभांश वितरण शुरू

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले यस वर्षको नगद लाभांश वितरण शुरू गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले करसमेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश पारित गरेको थियो । उक्त लाभांश बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूको बैंक खातामा माघ ५ गतेदेखि जम्मा गर्न शुरू गरिएको कम्पनीको भनाइ छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरूले कम्पनीको लाभांश प्राप्त गरेका हुन् । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४ अर्ब ४० करोडको आधारमा नगद लाभांश वितरण गरेको हो ।  नगद लाभांश शेयरधनीहरूले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूलाई यथाशीघ्र अद्यावधिक गराउन कम्पनीले अनुरोध गरेको छ । साथै आफ्नो शेयर धितो राखेका शेयरधनीहरूको हकमा भने नगद लाभांश प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र शेयर रजिष्ट्रारको कार्यालयमा पेश गर्न कम्पनीले भनेको छ । शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

२५ प्रतिशत नगद लाभांश वितरण गर्ने सनराईज क्यापिटलको निर्णय

सनराईज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/२०७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको हो ।उक्त लाभांश कम्पनीको आगामी बस्ने बाह्रौं वार्षिक साधारणसभा सम्पन्न भई पारित भए पश्चात् वितरण गर्ने जानकारी कम्पनीले गराएको छ । कम्पनीले हाल शेयर निष्कासन, १८ वटा कम्पनीको शेयर रजिष्ट्रार कार्य, लगानी व्यवस्थापन सेवा, शेयर प्रत्याभूति लगायत सनराईज सामूहिक लगानी कोष अन्तर्गत सनराईज फष्ट म्यूचुअल फण्ड र

कुमारी बैंकले सेयरधनीलाई ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने

बैंकको २१ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७७/०७८ को लागि ६ प्रतिशत बोनस शेयर तथा बोनश शेयर वापत लाग्ने कर प्रयोजनाको लागि समेत गरी २.६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने भएको छ।