भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषणको स्तर निकै बढेको छ। प्रदूषण बढेपछि दिल्लीका प्राथमिक विद्यालय बन्द भएका छन्।केही दिनअघि दिल्लीमा प्रदूषण बढेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले नोभेम्बर ५ देखि प्राथमिक विद्यालय बन्द हुने घोषणा गरेका थिए। यसबाहेक कक्षा ५ भन्दा माथिको कक्षाका लागि बाहिरी क्रियाकलापमा पनि प्रतिबन्ध लाग्नेछ। मुख्यमन्त्री केजरीवालले दिल्लीमा यातायातमा जोर विजोर प्रणाली लागू गर्नेबारे पनि विचार भइरहेको बताए।हाल उक्त प्रदूषणले दिल्लीसहित वरपरका २ करोड