थप उपचारका लागि राष्ट्रपति पौडेललाई दिल्ली लगियो

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ। उनलाई केहीबेरअघि श्री एयरको एयर एम्बुलेन्समार्फत् दिल्ली लगिएको हो।...

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेल अस्वस्थ, थप उपचारका लागि श्रीएयरको एयर एम्बुलेन्सबाट भारत लगियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचार (Treatment) का लागि भारतको राजधानी नयाँ दिल्ली (New Delhi) लगिएको छ ।   राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्स (Air Ambulance) मार्फत केही बेरअघि नयाँ दिल्ली लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलवार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो ।   राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लागिएको हो । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते पनि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो । रासस

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । केहीबेर अघि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट त्रिभुवन विमानस्थलतर्फ लगिएको जानकारी राष्ट्रपतिका प्रेस सचिव किरण पोखरेलले दिनुभयो ।