आईपीएल : लखनउ र दिल्ली भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बिहीबार) लखनउ सुपर जाइन्टले दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दैछ ।  मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा दिल्ली दोस्रो जित निकाल्ने योजनामा छ । लिगमा दुई खेल खेलेको दिल्ली एक खेलमा पराजित छ भने एक खेलमा जित निकालेको छ । यता लखनउ तेस्रो जितको खोजीमा हुनेछ । लिगमा तीन खेले खेलेको लखनउले दुई खेलमा जित निकालेको छ ।  दिल्ली २ खेलमा २ अंक जोडेको दिल्ली तालिकाको

सम्बन्धित सामग्री

आईपीएलमा लखनउ र बैङ्गलोर भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज रोयल च्यालेन्जर्स बैङ्गलोर र लखनउ सुपर जाइन्ट्सबीच खेल हुँदैछ।...

आईपीएलमा लखनउ र बैङ्गलोर भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज रोयल च्यालेन्जर्स बैङ्गलोर र लखनउ सुपर जाइन्ट्सबीच खेल हुँदैछ।...

आईपीएल क्रिकेटमा आज गुजरात र लखनउ तथा राजस्थान र हैदरावाद खेल्दै

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा गुजरात टाइटन्स र लखनउ सुपर जाइन्ट्स दिउँसो पौने ४ बजे अहमदावादमा खेल्दैछन् । गुजरात १० खेलमा १४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा तथा लखनउ १० खेलमा ११ अङ्कका साथ तेस्रो स्थानमा छ । आज हुने दोस्रो खेलमा राजस्थान रोयल्स र सनराईजर्स हैदरावाद बेलुका पौने ८ बजे खेल्दैछन् । यो खेल जयपुरमा हुनेछ । राजस्थान १० खेलमा १० अङ्कका साथ तालिकाको चौथो स्थानमा र हैदरावाद ९ खेलमा ६ अङ्कका साथ पुछारमा छ ।

आईपीएल : एलिमिनेटरमा लखनउ र बैंगलोर भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको एलिमिनेटरमा आज (बुधबार) लखनउ सुपर जाइन्ट्स र रोयल्स च्यालेन्जर्स बैंगलोर भिड्दै छन् । कोलकातामा हुने एलिमिनेटर खेल साँझ ७ः ४५ बजे सुरु हुनेछ ।आज दुबै टोली जित निकाल्दै क्वालिफायर पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । लखनउ डेब्यु सिजन नै प्ले अफ पुगेको हो । लखनउले १८ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्लेअफ खेल्न

आईपीएल क्रिकेटमा आज लखनउ र गुजरात खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल पुणेमा बेलुका पौने आठ बजे सुरु हुनेछ । अङ्क तालिकामा लखनउ ११ खेलमा १६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ भने समान खेलमा गुजरात १६ अङ्कसहित रनरेटका आधारमा दोस्रो स्थानमा छ । लखनउ र गुजरात यो सिजनको आईपीएलमा नवप्रवेशी टोली हुन् । यसअघि भएको खेलमा गुजरातले लखनउलाई ५ विकेटले हराएको थियो ।

आईपीएल क्रिकेटमा कोलकातालाई ७५ रनले हराउँदै लखनउ शीर्ष स्थानमा

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा काेलकाता नाइट राइडर्सलाई हराउँदै लखनउ सुपर जायन्ट्स शीर्ष स्थानमा उक्लिएको छ । पुणेमा गएराति भएको खेलमा काेलकातालाई ७५ रनले हराउँदै लखनउ शीर्ष स्थानमा उक्लिएको हो । लखनउले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको काेलकाता १४ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो । काेलकाताका आन्द्रे रसेलले ४५ रन तथा सुनिल नारायणले २२ रन जोडे । लखनउका आभेश खान र जासन होल्डरले ३/३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।...

आईपीएल क्रिकेटमा आज पञ्जाब र लखनउ खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज पञ्जाब किङ्ग्स र लखनउ सुपरजायन्ट्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे पुणेमा हुनेछ । आठ खेलमा १० अङ्कसहित लखनउ चौथो स्थानमा छ, आठ खेलमा आठ अङ्क जोडेको पञ्जाब सातौँ स्थानमा छ । गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई हराएको थियो ।

आईपीएल: बेङ्ग्लोर र लखनउ भिड्दै, शीर्षस्थानको होड

इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेङ्ग्लोर र लखनउ सुपरजाइन्ट प्रतिस्पर्धा गर्दैछन्। जारी सिजन ६ खेल खेलेका दुबै टोली ४ जित र २ हार ब्यहोर्दै ८ अंक जोडेका छन्। उनीहरुको निकट प्रतिद्वन्द्वी राजस्थान रोयल्स र सनराइजर्स हैदराबादको पनि समान ८ अंक छ। नेटरनरेटका आधारमा लखनउ तेस्रो र बेङग्लोर…

आईपीएल क्रिकेटमा आज लखनउ र बेङ्ग्लोर खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । मुम्बईमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । लखनउ र बेङ्ग्लोरबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । लखनउ आईपीएलमा नवप्रवेशी टोली हो । लखनउ यसअघिका ६ खेलमा ८ अङ्कसहित अङ्कतालिकाको तेस्रो स्थानमा छ । समान खेलमा बेङ्ग्लोर ८ अङ्कसहित चौथो स्थानमा छ । आईपीएलमा हिजो भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ७ रनले हराएको थियो ।

आईपीएल क्रिकेटमा आज दिल्ली र लखनउ खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे मुम्बईमा सुरु हुनेछ । लखनउ आईपीएलमा नवप्रवेशी टोली हो । लखनउ तीन खेलमा चार अङ्क जोडेर पाँचौँ स्थानमा छ । दिल्लीले दुई खेलमा दुई अङ्क जोडेको छ । दिल्ली सातौँ स्थानमा छ । यसअघि हिजो भएको खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको चार खेलमा ६ अङ्क छ।