सर्वोच्च अदालतको आदेशले कामचलाउ बनाइदिएपछि कोशी प्रदेश सरकार नैतिक संकटमा परेको छ । सर्वोच्चले बुधबार दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश दिएकाले प्रदेश सरकार कामविहीन भएको हो । मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार कामै नगरी तलब, भत्ता खाएर झन्डा हल्लाउने अवस्थामा पुगेको छ ।