काठमाडाैं : साउन २३ र २५ गते नेपाली फिल्म क्षेत्रले कहिल्यै नबिर्सिने दुई मिति हुन्। २०७१ साउन २३ गते नेपाली फिल्मले कोहिनुर पाएको थियो भने २५ गते नेपाली फिल्म उद्योगका कोहिनुर मानिने अभिनेता श्रीकृष्ण श्रेष्ठलाई गुमाएको थियो।२०४५ मा भुमरीबाट नेपाली फिल्म उद्योगमा प्रवेश गरेका अभिनेता श्रीकृष्ण श्रेष्ठलाई नजिकबाट चिन्नेहरू श्री भन्ने गर्थे। मौलिक अभिनय र नृत्य त उनको परिचय थियो नै जुन फिल्ममार्फत पनि देखिन्थ्यो। यीबाहेक पनि उनलाई अनुशाशित र शालीन अभिनेता भनेर चिन्निन्थ्यो। साढे दुई दशक यस क्षेत्