न्युयोर्कमा ४८ नेपाली संस्थाको आयोजनामा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान

न्युयोर्कमा ४८ वटा नेपाली संघ संस्थाको आयोजनामा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । उडसाइडको सत्यनारायण मन्दिरमा आयोजना गरिएको कार्यक्रममा न्युयोर्क राज्यका सांसद स्टेभन रागा, महावाणिज्यदूतावास न्युयोर्कका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम लगायतले नयाँ बर्षको शुभकामना दिए । ९१ बर्षका नेपालीको सभापतित्वमा गरिएको कार्यक्रममा नेपाली सांस्कृतिक प्रस्तुतीहरु समेत राखिएको थियो । नेपाली र […]

सम्बन्धित सामग्री

अपी हिमाल भ्रमण वर्ष २०८० सुरु

कैलाली । सुदूरपश्चिमकै अग्लो हिमाल अपी हिमाललाई विश्वभरी चिनाउने उद्देश्यका साथ दार्चुलाको अपी हिमाल गाउँपालिकाले भ्रमण वर्ष २०८० सुरु गरेको छ । असोज १० गते अन्तराष्ट्रिय पर्यटन दिवसको अवसरमा शुभारम्भ गरिएको अपी भ्रमण वर्ष २०८० मा देश तथा विदेशका हजारौं पर्यटक भित्रिने अपेक्षा लिइएको छ । समुद्री सतहबाट ७ हजार १ सय ३२ मिटर उचाइमा […]

आर्थिक वर्ष २०८०/८१ शुरु : केही करका दर आजदेखि कार्यान्वयनमा

काठमाण्डाै - आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ शुरु भएको छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै बजेटमार्फत् घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन वटा विधेयक विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक–२०८० प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपतिबाट  यी  विधेयक प्रमाणीकरणपछि आजदेखि  नयाँ  आर्थिक  वर्षको  बजेटबाट खर्च गर्न बाटो  खुलेको छ । संवैधानिक व्यवस्था अनुसार सरकारले गएको जेठ १५ गते बजेट प्रस्तुत ग...

काठमाडौं महानगरको आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसम्मत पारित

काठमाण्डौ महानगरपालिकाको आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसम्मतले पारित भएको छ । उपमेयर सुनिता डङ्गोलले गएको असार १० गते २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट नगरसभामा पेश गरेकी थिइन् । हिजो बसेको नगरसभाको पाँचौँ बैठकमा मेयर बालेन्द्र शाहले बजेटलाई निर्णयार्थ पेश गरेपछि पारित भएको हो । महानगरले चालुतर्फ आठ […]

जिडब्लुएम नेपालको नयाँ वर्ष लक्षित अफर

ग्रेट वाल मोटर (जि.डब्लु.एम) गाडीको नेपालका लागि आधिकारीक विक्रेता भिजी इम्पेक्सले नेपाली नयाँ वर्ष २०८० को अवसरमा ‘हर्षमय नव वर्ष २०८०’ अफर सार्वजनिक गरेको छ । यो अफर नेपालभर १५ दिनसम्म लागू हुने यो अफरमा खरिद गरिएका जि.डब्लु.एम का सबै मोडलका गाडीको खरीदमा ५ लाख रुपैयाँ बराबरको फाइदा उपलब्ध हुने कम्पनीले बताएको छ । जसमा […]

जीडब्लूएमद्वारा ‘हर्षमय नव वर्ष २०८०’ अफर सार्वजनिक

काठमाडौं  । नेपालका लागि ग्रेट वाल मोटर (जीडब्लूएम) गाडीकोे आधिकारिक विक्रेता भीजी ईम्पेक्स प्रालिले नयाँ वर्ष २०८० को अवसरमा ‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको छ । १५ दिनसम्म चल्ने यो अफरले यो अवधिमा खरीद गरिएका जीडब्लूएमका गाडीको खरीदमा रू. ५ लाख बराबरको नगद छूट, सेलिवे्रशन डिस्काउन्ट र अन्य अफर सुविधा पाइने कम्पनीले जानकारी दिएको छ ।  हरेक जीडब्लूएम गाडीको खरीदमा ग्राहकले निःशुल्क एक्सेसोरिजका साथ स्ट्यान्डर्ड वारेन्टी, स्पट भ्यालुएसन र एक्सचेन्जको बोनसका साथ ३ वर्षको निःशुल्क सर्भिस सुविधा समेत पाइने कम्पनीको भनाइ छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाइसँग नयाँ वर्ष २०८०’ योजना

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाइ अटोमोबाइल्सको आधिकारीक बिक्रेताले नयाँ वर्ष २०८० लाई मध्यनजर गर्दै ‘हुन्डाइसँग नयाँ वर्ष २०८०’ योजना सार्वजनिक गरेको छ । १३ चैतदेखि सुरु भएको ग्राहकमुखी यस योजना अन्तर्गत ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा २ लाख रुपैयाँसम्मको छुट, नयाँ वर्ष बोनस ८० हजार रुपैयाँसम्म र एक्सचेन्ज […]

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ अफर

काठमाडौं । नेपालका लागि हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ अफर सार्वजनिक गरेको छ । कम्पनीले सोमवारदेखि नयाँ वर्ष लक्षित उक्त अफर सार्वजनिक गरेको हो । अफरअन्तर्गत हुन्डाईका गाडी खरीद गर्दा ५ लाख रुपैयाँसम्म नगद छूट पाउन सकिने बताइएको छ । त्यस्तै गाडी निर्माणको वर्षको आधारमा २ लाख रुपैयाँसम्मको छूट, नयाँ वर्ष र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म पाउन सकिने कम्पनीको भनाइ छ । उक्त अफरअन्तर्गत गाडी खरीद गर्ने ग्राहकले एक वर्षसम्म निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन र एक्सचेञ्ज सुविधा पाउने कम्पनीले जानकारी दिएको छ । अफरमा सबै हुन्डाई गाडीमा तीन वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङ, निःशुल्क सडक कर भुक्तानीसहितका सुविधा उपलब्ध हुने कम्पनीले बताएको छ ।

‘भरतपुर भ्रमण वर्ष २०८०’ को तयारी शुरू

चितवन । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०८०’ लाई लक्षित गर्दै सरोकारवालाबीच छलफल गरी तयारी शुरू गरेको छ । महानगरपालिकाभित्रका ३० ओटा गन्तव्यको प्रचारप्रसार गरी महानगरले पर्यटन प्रवर्द्धन गर्न लागेको हो । छलफलमा सहभागीहरूले भ्रमण वर्ष सफल बनाउन पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुपर्ने, रात्रिकालीन पर्यटनलाई प्राथमिकता दिनुपर्ने र बसाइ अवधि लम्ब्याउने प्याकेज कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले पर्यटन प्रवर्द्धन गर्न प्रचारप्रसार अपरिहार्य रहेको भन्दै डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल र अनलाइन मिडियामा केन्द्रित रहनुपर्ने बताएका थिए । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश चुकेले हाल देशको अर्थतन्त्र धराशयी भएको अवस्थामा यसलाई सुधार गर्न अपरिहार्य रहेको बताए । भरतपुरमा पर्यटन पूर्वाधारका काम ७० प्रतिशतभन्दा बढी पूरा भइसकेकाले यसको प्रवर्द्धनमा निजीक्षेत्र र सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्ने उनीहरूको भनाइ थियो । ‘भरतपुर पर्यटन प्रवर्द्धनको पूर्वाधारका लागि सेवा दिन सक्षम छ,’ उनले भने, ‘हामी पनि सक्षम छौं, तर यसको प्रवर्द्धनका लागि सरकारी निकाय भूमिका महत्त्वपूर्ण हुन्छ ।’ जिल्लाको होटल व्यवसाय चलायमान बनाउन भ्रमण वर्षमा पर्यटक लक्षित कार्यक्रम ल्याइनुपर्नेमा उनको जोड थियो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भ्रमण वर्ष सफल बनाउन पर्यटकीय क्षेत्रको वर्गीकरण गरी निजीक्षेत्रसँग सहकार्य गरी महानगरले कार्यक्रम बनाउनुपर्ने बताए । पर्यटकका लागि सुरक्षा, यातायातको व्यवस्था सहज गर्दै पर्यटकीय गन्तव्यलाई सौन्दर्यकरणमा जोड दिन सुझाव दिए । चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेले अन्तरराष्ट्रिय एक्स्पो लगायतका कार्यक्रमले चितवनको पर्यटन क्षेत्रलाई टेवा पुर्‍याएको भन्दै उनीहरूको बसाइ अवधि लम्ब्याउने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । ‘पर्यटकको संख्यासँगै बसाइ अवधि लम्ब्याउने कार्यक्रम ल्याउनुपर्दछ,’ न्यौपानेले भने, ‘लिंक र कनेक्टिभिटी बनाई यातायात र गन्तव्यको कार्यतालिका बनाइनुपर्छ ।’ भरतपुर महानगरका पर्यटन विज्ञ डा. विश्व सुवेदीले शिथिल भएको पर्यटन क्षेत्र उकास्न आन्तरिक तथा बाह्य पर्यटन आगमनमा जोड दिनुपर्ने बताए । भरतपुरका ३० ओटा पर्यटकीय गन्तव्यलाई चिनाउन राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारका कार्यक्रम अघि बढाउनुपर्ने बताए । कार्यक्रममा महानगरपालिका उपप्रमुख एवं ‘भरतपुर भ्रमण वर्ष २०८०’ को कार्यकारी समितिका संयोजक चित्रसेन अधिकारीले पर्यटन उद्योग र पर्यटन व्यवसायको विकासका लागि स्थानीय सरकार थप सक्रिय रहने बताए ।  पर्यटन क्षेत्र अन्य क्षेत्रको समेत परिपूरक रहेको भन्दै उनले पर्यटनको विकासविना अन्य क्षेत्रको विकास हुन नसक्ने बताए ।