‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्छ तर नेपाली सन्तुष्ट छैनन्’

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले वर्ष बदलिँदा हर्ष बढ्नुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गरेका छन्। नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चर्का नारा र आश्वासनले नेपाली जनमानसलाई सन्तुष्ट पार्न नसकेको उल्लेख गरेका छन्। ‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ’, उनले सन्देशमा उल्लेख गरेका छन्, ‘तर चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रक्रिय

सम्बन्धित सामग्री

स्वेता र रेखा एकसाथ रंगिए, नेपाली सेलिब्रेटीको होली कस्तो रह्यो?

काठमाडौं: रंगहरुको पर्व फागु पूर्णिमाले सबैतिर हर्ष र उल्लास थपेको छ।  आज बिहानैबाट मानिसहरु एकआपसमा रङ दलेर खुसी र सद्भाव साटासाट गरिरहेका छन। होलीको रंगले नेपाली कला क्षेत्रलाई पनि छोएको छ। नेपाली सेलिब्रेटीहरु पनि निकै रमाइलो गरेर होली मनाएका छन्। उनीहरुले होली मनाएको फोटोहरु सामाजिक सञ्जालमा सेयर गरेका छन्। अभिनेता…

राष्ट्रपति भण्डारीसहित उच्चपदस्थ पदाधिकारीद्वारा सेनाको हर्ष बढाइँ अवलोकन

काठमाडौं, ६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा २६०औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएकी छन् । सो अवसरमा राष्ट्रपति भण्डारीबाट सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । सेनाले महाशिवरात्रिको […]

टुँडिखेलमा सेनाले यसरी गर्‍याे फूलपातीकाे हर्ष बढाइँ (तस्बिरहरू)

काठमाण्डाै – नेपाली सेनाले फूलपातीकाे हर्ष बढाइँ गरेको छ । काठमाण्डाैकाे टुँडिखेलमा नेपाली सेनाले फूलपातीको दिनको अवसरमा आज आइतवार फूलपाती बढाइँ गरेको हो । सेनाले हरेक वर्ष फूलपातीको दिन टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ । फूलपाती बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, नेपाल सरकारका मन्त्रीहरू तथा सरकारका उच्च पदस्थ कर्मच...

पत्रकारिताका ‘मानक’ हर्ष सुब्बा

नेपाली पत्रकारिताको एउटा इतिहास बोकेका पात्र हुन् हर्ष सुब्बा । उमेरले ६७ वर्ष पुगेका उनी अहिले पनि फेसबुक पेजबाट समाचार लेखिरहेका छन् । झण्डै ५ दशक पत्रकारिता गरेरै समय बिताएका उनी हाल सुनसरीको धरानमा सक्रिय छन् । सादा जीवन र सरल स्वभावका सुब्बालाई धरानका जनमनले राम्ररी चिन्दछन् । पत्रकारिता क्षेत्रले त उनलाई कहिल्यै बिर्सन सक्दैन ।पञ्चायत कालमा गोरखापत्रमा मान्छे हेरेरमात्रै सिर्जना छापिन्थ्यो । २०२९ सालतिरको कुरा हो । पञ्चायतको विरोध गर्न युवाहरू सम्मिलित साहित्यकारहरूको क्लब निर्माण गरिएको थ

मोदी सुदृढ र स्थिर नेपालको पक्षमा छन् : हर्ष वर्द्धन

२४ मंसिर, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का नेता हर्ष वर्द्धनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सुदृढ र स्थिर नेपालको पक्षमा रहेको बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै हर्ष वद्र्धनले भूकम्प र कोरोना महामारीको समयमा भारतले सहयोग गरेको स्मरण गरे । नेपाल र भारतका प्रधानमन्त्रीबीच पछिल्लो पटक दुई पटक सम्वाद भएको […]

‘नेपाली शान र गौरव कतै पनि पाइदैन’

जुना चालिसे मेरो छिमेकीको नयाँ बर्ष पनि कस्तो कस्तो। अर्कैको सँस्कृतिलाइ कठै आफ्नै भने जस्तो।। त्यसैले मलाई रत्ती नि छैन मनमा हर्ष। अर्काको सँस्कृति प्रति किन पो मैले गर्ने हर्ष।। कहिले मेरै भूमीसंग गर्छन् खेलवाड। कसरी काट्ने उसैको घरमा दिनरात।। हाम्रै भूमी खोस्ने संग पनि बस्नु पर्ने बाध्य। के लेखौं र के भनौं हजुर भनी छैन साध्य।। नयाँ बर्षको शुभकामना भन्नै मन छैन । बाध्यताले बसेकी छु म बिदेशी त होईन‌‌।। कहिले बहादुर कहिले गोर्खे नामै पाछु। बाध्यता, विवशताले छिमेकीको घर आछु।। अंगिकृतलाइ शासक बन्न दिन्न म भन्छ। तर छिमेकमा सबैपदमा बस्न पाउ भन्छ।। यस्तो ध्रुत छिमेकीको कसरी विश्वास गरु। मेरो देश विखण्डन गर्दैन कसरी भनु।। म निर्धक्कसंग भन्छु हाम्रो सीमा मिचेको छ । तै पनि यस्तै छिमेकीको घरमा सिंचेको छ।। रगत पसीना बनाएर बगाए कै त छु। फेरी पनि म छिमेकीको दमन सहेको छु ।। मेरो छिमेकीको जस्तै त्यो सँस्कार चाहिदैन। नेपाली शान र गौरव कतै पनि पाइदैन।। त्यसैले म बैशाखमा नै शुभकामना दिन्छु। देशको गौरव र शानलाइ शुभकामना दिन्छु।। चन्द्र सूर्यको शान विश्व विजेता हाम्रो झण्डा। साम्राज्यवादीहरु संग झुक्दै नझुक्ने झण्डा।‌। आफ्नै संस्कृती बोकेको नेपालीपन हाम्रो। सगरमाथा झै अटल रहोस शान हाम्रो।‌।