पार्किङ निषेध गरिएको ठाउँमा रोक्दा मन्त्रीको गाडीलाई जरिवाना

ललितपुरको पुलचोकस्थित दमकल मोडमा पार्किङ निषेध गरिएको ठाउँमा रोक्दा मन्त्रीले चढ्ने गाडीलाई जरिवाना गरिएको छ । सोमबार बिहान  भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइले प्रयोग गर्ने बा २२ च २५८३ नम्बरको गाडीलाई जावलाखेलस्थित ट्राफिक प्रहरी वृत्तबाट खटिएका प्रहरीले जरिवाना गरेका हुन् । विपरीत दिशातर्फ फर्काएर नो पार्किङमा पार्क गरेको भेटेपछि सो गाडीलाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी बालनरसिंह राणाले रातोपाटीलाई बताए ।पार्किङ निषेध गरिएको ठाउँमा रो

सम्बन्धित सामग्री

न्युरोडको पार्किङ धरहरामा (तस्बिरहरु)

काठमाडौं- काठमाडौं महानगरपालिकाले धरहरा क्षेत्रमा निःशुल्क पार्किङको सुविधा सुरु गरेको छ । न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध गरेपछि महानगरपालिकाले सवारी चालकहरूलाई सहज पार्किङ उपलब्ध गराउनका लागि धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा दिएको हो । यससँगै धरहरामा पार्किङका लागि सवारी आउने क्रमसँगै चहलपहल पनि बढेको छ । सडकमा जथाभावी पार्किङ नहुँदा न्युरोड […]

भोलिदेखि धरहराको पार्किङ खुल्ने

१३ माघ, काठमाडौं । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि सवारी साधन पार्किङ खुला हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रमा पार्किङ सहज बनाउन धरहरासँगैको भवन खुला गर्न लागिएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले  काठमाडौं टावर (साबिक पुरानो बसपार्क) […]

बालेनले सडकको पार्किङ हटाए, प्रदर्शनमा उत्रिए व्यापारी

९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि व्यवसायीले पसल बन्द गरेर २ घण्टा सडकमा प्रदर्शन गरे । निर्णय नसच्याए निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका उनीहरुले आफूहरुलाई विस्थापित गरेर खाडी, मलेसिया पठाउन महानगर उद्धत भएको आरोप पनि लगाए । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिक, इन्द्रचोक, खिचापोखरी, […]

पोखरा बसपार्क क्षेत्रको सडकमा भोलिदेखि पार्किङ निषेध

पोखरा बसपार्क क्षेत्रका सडक छेउमा भोलिदेखि पार्किङ निषेध गरिएको छ। पृथ्वी चोकेदेखि सेती पुल (चाइना पुल) सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको पोखरा महानगरपालिकाले जानकारी दिएको छ।...

एयरपोर्ट क्षेत्रको अव्यवस्थित पार्किङ हट्यो

काठमाडौं महानगरपालिका वडा नम्बर–९ स्थित एयरपोर्ट क्षेत्रमा हुँदै आएको अव्यवस्थित पार्किङ हटेको छ । यो क्षेत्रमा ट्याक्सी र मोटरसाइकलले सडक नै अस्तव्यस्त पारेको भन्दै महानगरले पार्किङ निषेध गरेको हो । विमानस्थलको...

अव्यवस्थित तार काट्दै काठमाडौं महानगर

सार्वजनिकस्थलमा सवारीसाधन पार्किङ निषेध, अव्यवस्थित होर्डिङ बोर्डको व्यवस्थापनपछि अब काठमाडौं महानगरपालिका अव्यवस्थित तार व्यवस्थापनतर्फ लागेको छ । सुरुवातमा महानगरले मुख्य सडक र सम्पदा क्षेत्रमा रहेका अव्यवस्थित तार हटाएर व्यवस्थित गर्न लागेको...

महानगरका सबै सडकमा पार्किङ निषेध गरिँदै

काठमाडौं । दरबारमार्गका व्यवसायीले सडकमा पर्किङ गर्न दिनुपर्ने आग्रह गर्दै विरोध जारी राखेको अवस्थामा काठमाडौं महानगरपालिकाले व्यवसायीको माग जायज नभएको बताउँदै दरबारमार्गलगायत क्षेत्रका सडकमा राखिएको पार्किङ हटाउने जनाएको छ । कामपाले महानगरलाई सुन्दर र व्यवस्थित सहर बनाउने योजनाअनुसार सडकमा राखिएका सबै पार्किङ खाली गर्ने जनाएको छ । कामपाले यो महिनाभित्र सबै सडकमा भएको पार्किङ खाली […]

पोखराका मुख्य क्षेत्रमा २३ माघदेखि पार्किङ बन्द

१६ माघ, पोखरा । पोखरा महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा माघ २३ गतेदेखि सडकछेउमा पार्किङ गर्न नपाइने भएको छ । महानगरको यातायात व्यवस्थापन समितिको सोमबार बसेको बैठकले मुख्य शहरी क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो । महानगरले सोमबार नै एक सूचना जारी गरी पृथ्वीचोक, सभागृह, न्युरोड, विपीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक खण्डका सडकमा २३ गतेदेखि […]

अब पाटन दरबार क्षेत्रमा पार्किङ निषेध

ललितपुर महानगरपालिकामा रहेको पाटन दरबार स्क्वायर क्षेत्र अब ‘नो पार्किङ’ हुने भएको छ ।

ललितपुरमा अनधिकृत पार्किङ गर्नेलाई नगर प्रहरीले फिल्डमै जरिवाना तिराउने

ललितपुर महानगरपालिका क्षेत्रमा पार्किङ निषेध गरिएको ठाउँमा पार्किङ गर्नेलाई ‘अन द स्पट’ जरिवाना गर्न थालिएको छ । महानगरको छैटौँ नगर सभाको निर्णय अनुसार सोमबारबाट अनधिकृत रूपमा पार्किङ गरिएका गाडी र मोटरसाइकललाई सम्बन्धित ठाउँमा नै जरिवाना लिन थालिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए । अनधिकृत रूपमा पार्किङ गरिएका सवारीलाई पार्किङ स्थलबाट उठाएर अर्को ठाउँमा जरिवाना तिराउँदा सर्वसाधारणले थप झन्झट व्यहोर्नुपर्ने ललितपुर महानगरको निष्कर्ष छ । ट्राफिक नियम उल्लङ्घन