ललितपुर महानगरपालिका क्षेत्रमा पार्किङ निषेध गरिएको ठाउँमा पार्किङ गर्नेलाई ‘अन द स्पट’ जरिवाना गर्न थालिएको छ । महानगरको छैटौँ नगर सभाको निर्णय अनुसार सोमबारबाट अनधिकृत रूपमा पार्किङ गरिएका गाडी र मोटरसाइकललाई सम्बन्धित ठाउँमा नै जरिवाना लिन थालिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए । अनधिकृत रूपमा पार्किङ गरिएका सवारीलाई पार्किङ स्थलबाट उठाएर अर्को ठाउँमा जरिवाना तिराउँदा सर्वसाधारणले थप झन्झट व्यहोर्नुपर्ने ललितपुर महानगरको निष्कर्ष छ । ट्राफिक नियम उल्लङ्घन