महानगरका सबै सडकमा पार्किङ निषेध गरिँदै

काठमाडौं । दरबारमार्गका व्यवसायीले सडकमा पर्किङ गर्न दिनुपर्ने आग्रह गर्दै विरोध जारी राखेको अवस्थामा काठमाडौं महानगरपालिकाले व्यवसायीको माग जायज नभएको बताउँदै दरबारमार्गलगायत क्षेत्रका सडकमा राखिएको पार्किङ हटाउने जनाएको छ । कामपाले महानगरलाई सुन्दर र व्यवस्थित सहर बनाउने योजनाअनुसार सडकमा राखिएका सबै पार्किङ खाली गर्ने जनाएको छ । कामपाले यो महिनाभित्र सबै सडकमा भएको पार्किङ खाली […]

सम्बन्धित सामग्री

न्युरोडको पार्किङ धरहरामा (तस्बिरहरु)

काठमाडौं- काठमाडौं महानगरपालिकाले धरहरा क्षेत्रमा निःशुल्क पार्किङको सुविधा सुरु गरेको छ । न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध गरेपछि महानगरपालिकाले सवारी चालकहरूलाई सहज पार्किङ उपलब्ध गराउनका लागि धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा दिएको हो । यससँगै धरहरामा पार्किङका लागि सवारी आउने क्रमसँगै चहलपहल पनि बढेको छ । सडकमा जथाभावी पार्किङ नहुँदा न्युरोड […]

भोलिदेखि धरहराको पार्किङ खुल्ने

१३ माघ, काठमाडौं । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि सवारी साधन पार्किङ खुला हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रमा पार्किङ सहज बनाउन धरहरासँगैको भवन खुला गर्न लागिएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले  काठमाडौं टावर (साबिक पुरानो बसपार्क) […]

न्यूरोडमा आजदेखि पार्किङ निषेध! तस्वीरहरू

काठमाडौं :  न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले आजदेखि सडकमा पार्किङ गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो। पार्किङ निषेध गरिएका स्थानहरूमा ‘नो पार्किङ’ का संकेत चिन्ह राखिएका छन्। यसैगरी नगर प्रहरी खटाएर पार्किङ गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ गर्न नपाइने जानकारी गराइँदै छ। यस क्रममा आज विहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ गरिएका मोटरसाइकलहरू नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको छ। ...

पार्किङ निषेध गरेको विरोधमा न्युरोड क्षेत्रका व्यवसायी दोस्रो दिन पनि आन्दोलित

काठमाडौं महानगरपालिकाको न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णयको बिरोधमा व्यवसायीहरू दोस्रो दिन पनि आन्दोलित छन् । महानगरले मंगलवारदेखि लागू हुनेगरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो ।

बालेनले सडकको पार्किङ हटाए, प्रदर्शनमा उत्रिए व्यापारी

९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि व्यवसायीले पसल बन्द गरेर २ घण्टा सडकमा प्रदर्शन गरे । निर्णय नसच्याए निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका उनीहरुले आफूहरुलाई विस्थापित गरेर खाडी, मलेसिया पठाउन महानगर उद्धत भएको आरोप पनि लगाए । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिक, इन्द्रचोक, खिचापोखरी, […]

पोखरा बसपार्क क्षेत्रको सडकमा भोलिदेखि पार्किङ निषेध

पोखरा बसपार्क क्षेत्रका सडक छेउमा भोलिदेखि पार्किङ निषेध गरिएको छ। पृथ्वी चोकेदेखि सेती पुल (चाइना पुल) सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको पोखरा महानगरपालिकाले जानकारी दिएको छ।...

उपत्यकाका सडकमा मालबाहक गाडी पार्किङ निषेध, सामान लोड अनलोड गर्न पनि नपाइने

२६ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा मालबाहक सवारी साधन पार्किङ गर्न र सामान लोड अनलोड गर्न नपाउने भएको छ । शुक्रबार इन्टरमोडल यातायात विकास समितिको आयोजनामा चोभार सुक्खा बन्दरगाहमा आन्तरिक टर्मिनल सञ्चालनबारे भएको छलफलमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस्तो जानकारी गराएको हो । उपत्यकाका स्थानीय तह, प्रहरी तथा ट्राफिक प्रहरी र ढुवानी व्यवसायीसहितको छलफलमा काठमाडौं […]

पोखराका मुख्य बजार क्षेत्रमा पार्किङ निषेध, कार्यान्वयन चुनौती

पोखरा । काठमाडौंमा दरबारमार्ग लगायत मुख्य व्यापारी केन्द्रका सडकमा पार्किङ निषेध भएपछि व्यापार ओरालो लागेको भन्दै व्यापारीहरूले गुनासो गरिरहेका छन् । व्यवसाय ‘नो पार्किङ’ को विपक्षीमा निस्किएका छन् । यता पोखराको सबैभन्दा चल्तीको बजार महेन्द्र पुलका सडकमा पार्किङ निषेधको उर्दी पोखरा महानगरले गरेको छ । पोखराका मुख्य चोक र व्यापारिक बजारका सडक किनारमा पार्किङ निषेध […]

पोखराका मुख्य क्षेत्रमा २३ माघदेखि पार्किङ बन्द

१६ माघ, पोखरा । पोखरा महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा माघ २३ गतेदेखि सडकछेउमा पार्किङ गर्न नपाइने भएको छ । महानगरको यातायात व्यवस्थापन समितिको सोमबार बसेको बैठकले मुख्य शहरी क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो । महानगरले सोमबार नै एक सूचना जारी गरी पृथ्वीचोक, सभागृह, न्युरोड, विपीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक खण्डका सडकमा २३ गतेदेखि […]

वीरगञ्जमा ट्राफिक व्यवस्थापनका लागि ५ ठाउँमा पार्किङ स्थल निर्धारण

२३ मंसिर, वीरगञ्ज । वीरगञ्जलाई व्यवस्थित बनाउने अभियान अन्तर्गत ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला सक्रिय भएका छन् । वीरगञ्जको मुख्य बजार क्षेत्रमा विद्यमान पार्किङ समस्या समाधान गर्न सरोकारवाला सक्रिय भएका हुन् । सोही क्रममा ५ ठाउँमा पार्किङ स्थल निर्धारण गरिनुका साथै केही स्थानमा सडकमा पार्किङ निषेध गर्ने निर्णय समेत गरेको छ । ४ पाङ्ग्रे र २ […]