पोखराका मुख्य क्षेत्रमा २३ माघदेखि पार्किङ बन्द

१६ माघ, पोखरा । पोखरा महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा माघ २३ गतेदेखि सडकछेउमा पार्किङ गर्न नपाइने भएको छ । महानगरको यातायात व्यवस्थापन समितिको सोमबार बसेको बैठकले मुख्य शहरी क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो । महानगरले सोमबार नै एक सूचना जारी गरी पृथ्वीचोक, सभागृह, न्युरोड, विपीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक खण्डका सडकमा २३ गतेदेखि […]

सम्बन्धित सामग्री

पोखराका मेयरको उल्टो बाटो : शहरमा पार्किङको हरिबिजोग, खाली ठाउँमा झण्डा पार्क !

पोखराको चिप्लेढुंगा, महेन्द्रपुलमा सडकमै तीन लाइनसम्म पार्किङ हुन्छ । यही व्यस्त ठाउँमा पोखराका मेयरको ‘संस्थागत स्वार्थ’को आधारमा एउटा पार्क तयार भएको छ ।

पोखराको न्युरोडमा फेरि सडकमै हुन थाले पार्किङ

२४ जेठ, पोखरा। पोखरा महानगरपालिकाको मुख्य बजार क्षेत्रमा फेरि सडक पार्किङ सुरु भएको छ । महानगरले गत माघ महिनाबाटै पोखराका मुख्य बजार क्षेत्रका सडकमा पार्किङ निषेधको अभियान चलाएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहयोगमा महानगरले विभिन्न स्थान तोकेर नि:शुल्क तथा सशुल्क पार्किङ क्षेत्र तोकेको थियो । हाल उक्त अभियानलाई व्यवस्थित गर्न नसक्दा फेरि सडकमै […]

व्यवसाय मैत्री पार्किङ व्यवस्थापन हुनुपर्ने व्यवसायीहरुको माग

कास्की । पोखरा उद्योगी व्यवसायीहरुले सहरको मुख्य सडक क्षेत्रमा पार्किङ निषेध हैन व्यवस्थापन गर्नुपर्ने माग दोहो¥याएका छन् । मान्छेको आवागमन नै सहरको विशेषता भएको बताउँदै उनीहरुले व्यापार/व्यवसाय नै ठप्प हुनेगरी न्यूरोडलगायतका क्षेत्रको सडक खाली गराउन नहुने जिकिर पनि गरेका छन् । पोखरा महानगरपालिकाले न्यूरोडसहित पोखराका मुख्य सडक क्षेत्रमा पार्किङ निषेध अभियान चलाएको सन्दर्भमा उनीहरुको यो […]

पार्किङ निषेधको निर्णयबाट पछि हट्यो पोखरा महानगर

कास्की । पोखरा महानगरपालिकाले पोखराका मुख्य सडक क्षेत्रमा गर्ने भनेको पार्किङ निषेध स्थगित गरेको छ । गत साता बसेको पोखरा महानगरको यातायात व्यवस्थापन समितिको बैठकले पोखराका मुख्य बजार क्षेत्रका सडकमा सोमवारदेखि सवारी पार्किङ पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको थियो । महानगरले उक्त निर्णय गरेपछि विभिन्न पेशागत व्यवसायीका संगठन, स्थानीय बासिन्दालगायतले विरोध गरेका थिए । विकल्प नदिई पार्किङ बन्द गर्न लागिएको भन्दै चौतर्फी विरोध भएपछि अर्काे व्यवस्था नभएसम्म पार्किङमा अहिले प्रयोग भइरहेको ठाउँ खुला गरिएको महानगरले बताएको छ । पोखरा उद्योग वाणिज्य संघ, यातायात क्षेत्रमा क्रियाशील संघसंस्था तथा सरोकारवालाको दबाबपछि महानगर सवारी पार्किङ निषेधको निर्णयबाट पछि हटेको हो । पार्किङ व्यवस्थापन गर्दै लैजाने निर्णय महानगरले गरेको छ । सडकमा पार्किङ निषेध गर्ने महानगरको निर्णयविरुद्ध आइतवार पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाउन गएका थिए । तर, मेयर आचार्य पालिकाका प्रमुखहरूको बैठकमा जिल्लाबाहिर गएकाले उनीहरूले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका थिए । व्यवसायीसँगको भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले सरोकारवालासँग छलफल गरी निर्णय लिइने भन्दै हाललाई सडकमा पार्किङ बन्द गर्ने निर्णय स्थगन गरिएको जानकारी दिए । पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको बैठकले पृथ्वीचोक–सभागृहचोक–न्युरोड–बिपिचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार र पृथ्वीचोक सडक खण्डमा सवारीसाधनको चाप बढेर आवागमन प्रभावित भएको तथा शहरी सौन्दर्यमा पनि असर परेको भन्दै सडकमा सवारी पार्किङ माघ २३ गतेदेखि पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको थियो । महानगरले अन्डरग्राउण्ड पार्किङ स्थल तथा मुख्य सडकका आसपास पार्किङ प्रयोजनका लागि सम्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने र ती स्थानमा पार्किङ गरेबापत महानगरले तोकेको भन्दा बढी शुल्क लिन नपाइने सूचना जारी गरेको थियो ।

पोखराका मुख्य सडकमा ‘नो–पार्किङ’को नियम लगाउँदै महानगर

पोखरा महानगरले मुख्य सडक किनारमा हुने गरेको सवारी पार्किङ हटाउने तयारी गरेको छ। सोमबारदेखि नै सडक किनारको पार्किङ हटाउने तयारी महानगरले गरेको भएपनि व्यवसायीको विरोधले केहीदिनका लागि रोकिएको छ। महानगरले पनि पूर्वतयारी नपुग्दा सोमबारदेखिको नियम लागु गर्न नस...

पोखराका मुख्य बजार क्षेत्रमा पार्किङ निषेध, कार्यान्वयन चुनौती

पोखरा । काठमाडौंमा दरबारमार्ग लगायत मुख्य व्यापारी केन्द्रका सडकमा पार्किङ निषेध भएपछि व्यापार ओरालो लागेको भन्दै व्यापारीहरूले गुनासो गरिरहेका छन् । व्यवसाय ‘नो पार्किङ’ को विपक्षीमा निस्किएका छन् । यता पोखराको सबैभन्दा चल्तीको बजार महेन्द्र पुलका सडकमा पार्किङ निषेधको उर्दी पोखरा महानगरले गरेको छ । पोखराका मुख्य चोक र व्यापारिक बजारका सडक किनारमा पार्किङ निषेध […]

पोखराका बजार क्षेत्रमा पार्किङ निषेध

पोखरा । पोखराको अन्य सडकभन्दा केही चाक्लो छ न्यूरोड क्षेत्रको सडकखण्ड । यो पोखराको मुख्यबजार क्षेत्रमा पनि पर्छ । सयौंको संख्यामा मानिसको आउजाउ चलिरहन्छ । उस्तै संख्यामा सवारी सडकमै पार्किङ गर्ने गरिएको छ । तर, अब सो सडकखण्डमा पार्किङ गर्न नपाइने भएको छ ।  पोखरा महानगरपालिकाले माघ २३ देखि उक्त सडकखण्डमा पार्किङ गर्न नपाउन...

पोखराका व्यस्त सडकमा  ‘पार्किङ ’ गर्न रोक

कास्की- पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो । महानगरपालिकाले मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृ...

पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक

पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो ।