काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले ल्याएको झण्डै १८ खर्बको बजेट कार्यान्वयन हुने सम्भावना नै नरहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले आगामी वर्ष चुनावी वर्ष समेत भएकाले जम्मा चार महिना मात्रै काम हुने अवस्थामा सरकारले विनियोजन गरेको बजेट खर्च हुनसक्ने सम्भावना नरहेको दाबी गरे । […]