जुम्लामा विकास बजेट तीन महिनामा मात्र अधिक खर्च हुने गरेको छ । बैशाख, जेठ र असार महिनामा मात्र विकास बजेट अधिक खर्च हुने गरेको हो ।अख्तियारी समयमै नआउनु, दसैं र तिहार चाडपर्व र हिउँदमा विकास निर्माणका काम हुन नसक्नुले बजेट खर्च हुन सक्दैन । प्रदेश लेखा इकाई कार्यालय जुम्लाका प्रमुख लेखा नियन्त्रक धनप्रसाद शर्माले जेठ र असार महिनामा मात्र विकास बजेटको खर्च हुने गरेको बताए । उनका अनुसार असार १९ गते सम्म ९३ करोड ५० लाख ४ हजार ३ सय ८२ रुपैयाँ मात्र खर्च भएको छ । कर्णाली प्रदेश सरकारले जुम्लामा