सरकारले फूल निर्यात गर्ने उद्देश्यले लगानी गरे पनि त्यस अनुसारको प्रतिफल हासिल हुन नसक्दा परनिर्भरता बढ्दै गएको छ । नेपालमा एक वर्षमा भारतबाट मात्र ३८ करोड रुपैयाँ बराबरको फूल आयात हुँदा निर्यात भने ९८ लाख रुपैयाँमा सीमित छ ।फ्लोरीकल्चर एशोसिएशन नेपाल (फ्यान) को ३० औं वार्षिक साधारणसभामा नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठले पहिला वार्षिक १९ करोड रुपैयाँ बराबरको फूल निर्यात हुने गरेकोमा अहिले त्यो घटेर ९८ लाख अर्थात् झण्डै एक करोडमा झरेको बताए । देशको अर्थतन्त्रका ल