पदाधिकारीका आकांक्षी धेरै भएपछि नेकपा एमालेले विधान संशोधन मार्फत केन्द्रीय सदस्य र पदाधिकारीको संख्या बढाउने गृहकार्य थालेको छ ।
चितवनमा शुक्रवार शुरू महाधिवेशनमा पदाधिकारीका आकांक्षी धेरै भएपछि पदाधिकारीको संख्या बढाएर नेतृत्वमा सहमति खोज्ने प्रयास भएको हो ।
‘विधानमा भएको व्यवस्थालाई परिमार्जन गर्ने गरी नयाँ प्रस्ताव आउछ’एमालेका एक शीर्ष नेताले लोकान्तरसँग भने । स्रोतका अनुसार उपाध्यक्ष र उपमहासचिवको संख्या बढाउने गृहकार्य चलिरहेको छ ।
शुक्रवार राति बस्ने केन्द्रीय कमिटी बैठकमा सो प्रस्ताव आउने बताइएक...