विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशन सकिएपछि पदाधिकारी चयन थाँति राख्दा नेतृत्वमा आकांक्षीको संख्या दिनदिनै बढ्दै गएको छ।अधिवेशनताका प्रदेश अध्यक्षको आकांक्षीमा रहेका केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल), आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी समितिको पहिलो बैठकमा प्रदेशको अध्यक्षबाट ‘ब्याक’ भएका थिए।अध्यक्षका दाबेदार ३ केन्द्रीय सदस्यले प्रदेश अध्यक्षबाट ब्याक भएपछि नयाँ नेतृत्वमा पाँच