नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको २५ प्रतिशत संख्या नबढ्ने गरी बैकल्पिक केन्द्रीय सदस्य थप्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता वर्षमान पुनले बैठकपछि जानकारी दिए । उनले बैकल्पिक केन्द्रीय सदस्यलाई भोटिङ राइट भने नहुने बताए । ‘उनीहरुको भोटिङ राइट हुदैन तर पदीय हिसाबमा केन्द्रीय सदस्य हुन्छन्’, नेता पुनको भनाइ छ । त्यस्तै नेताहरुको कार्यविभाजन पनि यही बैठकले गर्ने पुनको भनाइ छ । तर पदाधिकारी, स्थायी र पोलिटब्युरो आगामी जेठ २० गते ब