काठमाण्डाै – म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको नजरबन्द समय दुई दिन थप गरेको छ । जनवरी १ तारिखको बिहानै सैन्य 'कू' गरेर सत्ता हातमा लिएको सेनाले सुकीसहितका नेताहरूलाई १५ दिनको नजरबन्दमा राखेकोमा साेमवार दुई दिनको समय थपेको बीबीसीले जनाएको छ ।
सैन्य 'कू' को विरोधमा म्यानमारमा दिनहुँ प्रदर्शन भइरहेका छन् । आम नागरिकसँगै भिक्षु तथा पेसाकर्मीहरूसमेत प्रदर्शनमा निस्किएपछि सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ । सेनाले प्रदर्शनमा सहभागी हुनेहरूलाई घृणा फैलाउने काम ग...