सक्छौ भने निषेध गर मेरा आवाजहरू लगाम लगाऊ मेरा सोचहरूमा हतकडी लगाऊ मेरो न्यायको चाहनालाई फलामको सिक्रीले बाँध मेरा स्वतन्त्र विचारहरूलाई सक्छौ भने लुटिदेऊ मेरो स्वाधीनता नजरबन्द गर मेरा अधिकारहरूलाई फाँसी देऊ मेरा भावनाहरूलाई दमन र शोषण गरी राख मलाई निरन्तर निरन्तर तर अत्ति भएपछि एक दिन थोपा थोपा लाभाहरू एकजुट हुन्छन् जमिनमुनि अनि खोज्छन् […]