माओवादीले एमसीसी पास गरेन भने काँग्रेस तयार हुनैपर्छ

प्रधानमन्त्री देउवाले फेब्रुअरी पहिलो तारेखमा संसदमा पेस गर्छु भनेका थिए । सभामुखले जुन काम गरे, यसले सत्ता गठबन्धनमा समस्या उत्पन्न भयो । मैले सबै अद्योपान्त डकुमेन्ट पढेको छु । तर, मैले नबुझेको कुरा के छ भने यसमा माओवादीले रिजर्भेसन राख्नुपर्ने नेपालको तर्फबाट केही पनि कारण छैन ।अमेरिकनहरुले हामीलाई हुमन राइट, ओमन राइटजस्ता विषयमा सहयोग गर्दथे । भौतिक विकासमा त उनीहरुले कमै सहयोग गर्दै आएका थिए । भौतिक विकासमा र प‘र्वाधारमा उनीहरुले यो पहिलोचोटि सहयोग गरेका हुन् । आफ्नो सफट्पावर र गुडविल

सम्बन्धित सामग्री

एमसीसी पास गर्न एमालेले पनि सघायो : काँग्रेस

नेपाली काँग्रेसले एमसीसी संसदबाट पारित गर्न एमालेले पनि सघाएको बताएका छन् । ‘अन्य मुद्दाका कारण औपचारिकता सहभागिता नभएपनि उहाँहरुको पनि यसमा सहयोग रह्यो’, काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले सोमबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा भने। समग्रमा अपवादबाहेक सबैको सहयोगबाट संसदले एमसीसी परियोजनालाई पारित गरेको उनको भनाइ छ ।  एमसीसीमा रहेको भ्रम र अन्योललाई चिर्ने काम भएको पनि उनले जिकिर गरे ।उनले गठबन्धनमा सम्मिलित सबै दलको एमसीसीमा सहयोग रहेको भन्दै पार्टीको तर्फबाट धन्यवाद

गगन भन्छन्– नेपाली काँग्रेस एमसीसी पास गर्ने कुरामा अडिग

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले नेपाली काँग्रेस एमसीसी पास गर्ने कुरामा अडिग रहेको बताएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ को विमोचन कार्यक्रममा उनले यो कुरा बताएका हुन् । थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको शैलीको आलोचना गर्दै बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को […]

एमसीसी संसदमा टेबल भएपछि पास फेल जे हुन्छ स्वीकार्छु: देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका छन् । उनले आफु एमसीसी पास गर्न लागिरहेको भन्दै संसदमा टेबल भएपछि पास फेल जे हुन्छ त्यसलाई स्वीकार गरेर जाने समेत बताए । काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक बिहीबार बिहान विमोचन समारोहलाई संक्षिप्त सम्बोधन गर्दै देउवाले एमसीसीको पक्षमा […]

काँग्रेस एमसीसी पास गर्ने कुरामा अडिग छः महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री गगन थापाले एमसीसी पास गर्ने कुरामा अडिग रहेको बताएका छन्। विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक विमोचन कार्यक्रममा उनले प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा गर्ने पार्टी नभएको बताएका हुन् । महामन्त्री थापाले भने, ‘काँग्रेस आफूलाई एमसीसी पास गर्ने कुराका अडिग छ । सत्तामा हुँदा […]

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बिहीबारबाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, एमसीसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ । काँग्रेसमा एमसीसी पास गर्नेबारे एकमत रहेको छ । बिहीबार बोल्ने सबै नेताले एमसीसी पास गर्नुपर्नेमा जोड दिएका थिए । आज पनि यसबारेमा सदस्यले धारणा राख्ने छन् ।

एमसीसी पास गर्न काँग्रेसमा एकमत : गठबन्धनबारे नबोल्न देउवाको रुलिङ

सत्तासीन नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) माथि गम्भीर बहस भएको छ । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न हरदम प्रयास गरिरहेका बेला पार्टीभित्र पनि बहसले स्थान पाएको छ ।बिहीबार पार्टी कार्यालय सानेपामा बसेको समिति बैठकको एजेण्डा समेत नरहेको एमसीसी माथि छलफल केन्द्रित हुन पुगेको छ ।  चुनावी गठबन्धनको विषयलाई बैठकमा एजेण्डा नभएको भन्दै नबोल्न रुलिङ गरेका देउवाले एमसीसी माथिको

एमसीसी अनुमोदन गर्नुपर्नेमा काँग्रेसको जोड

नेपाली काँग्रेसले अमेरिकी आर्थिक सहयोग एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिएको छ । बिहीबार र पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा, नेता शशांक कोइराला लगायतले एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नरहेको भन्दै एमसीसी पास गर्नुपर्नेमा जोड दिएका हुन् ।  बैठक जारी रहेकै बेला बाहिरिएका नेता शशांक कोइरालाले एमसीसीमा सबै नेता एकमत जस्तै रहेको बताए । उनले जनतालाई पनि एमसीसी नेपालको विकाससँग जोडिएकाले सोहीअनुसार बुझाउनुपर्नेमा नेताहरुले जोड दिएको बताए । ‘शे

एमसीसी ‘पास’ गर्न प्रधानमन्त्री देउवाले गरे आन्तरिक छलफल

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पासका लागि आन्तरिक छलफल गरेका छन् । विहीबार अपरान्ह प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र काँग्रेस संसदीय दलकी सचेक पुष्पा भुसाललाई बालुवाटार बोलाएका थिए । देउवाले स्थानीय निर्वाचन र एमसीसीबारे बिफ्रिङ लिएका थिए ।छलफलमा सहभागी भुसालले भनिन्, ‘२६ गते हाउस चलाउनका लागि कसरी जाने भन्ने कुराहरु भयो । सबै पार्टीसँग