नेपाली काँग्रेसले अमेरिकी आर्थिक सहयोग एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिएको छ । बिहीबार र पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा, नेता शशांक कोइराला लगायतले एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नरहेको भन्दै एमसीसी पास गर्नुपर्नेमा जोड दिएका हुन् । बैठक जारी रहेकै बेला बाहिरिएका नेता शशांक कोइरालाले एमसीसीमा सबै नेता एकमत जस्तै रहेको बताए । उनले जनतालाई पनि एमसीसी नेपालको विकाससँग जोडिएकाले सोहीअनुसार बुझाउनुपर्नेमा नेताहरुले जोड दिएको बताए । ‘शे