डोटीको दक्षिणी भूभागमा रहेको बडिकेदार गाउँपालिकाका मगर समुदाय होमस्टेको तयारीमा जुटेका छन्। बडिकेदार गाउँपालिका वडा नम्बर २ स्थित गर्बुजा–खरहर होमस्टे सञ्चालनका लागि मगर समुदायले तयारी थालेका हुन्।...
काठमाडौं । डोटीको पूर्वी चौकी गाउँपालिका–६, गाजरीका वडाअध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । बुधबार गाउँ कार्यपालिकाको बैठक सकेर घर फर्किने क्रममा वडाध्यक्ष जोशीको बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापका बिरामी रहेका ६५ वर्षीय जोशीको हृदयघातबाट मृत्यु भएको जिल्ला अस्पताल डोटीका डा. सोहन शाहले जानकारी दिनुभयो । जोशीलाई जिल्ला अस्पताल डोटीमा […]
डोटी। आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा भागलिएका यहाँका गठबन्धन दल तथा नेकपा एमाले सहितको राप्रपाका उमेदवार सहितका नेता अहिले गाउँ गाउँमा पुगेका छन् । यति बेला जिल्लामा किसानलाई आफ्नो खेतीपाती भित्रयाउन भ्याइ नभ्याइ भएपनि नेताहरु उनीहरुकै खेतवारीमा पुगेर आफूलाई मत माग्न थालेको पाइएको छ । डोटीमा चार दल सहितको लोकतान्त्रिक बाम […]
विमल विष्ट, डोटी । डोटीमा पछिल्लो समय राजनीतिक दलहरु स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गाउँ पुग्न थालेका छन् । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि अहिले यहाँका प्रमुख दलका नेता तथा कार्यकर्ताहरु गाउँ–गाउँमा पुग्न थालेका हुन् । चुनावको मिति घोषणा गरेपछि कांग्रेस, एमाले, नेकपा (एकीकृत समाजवादी), माओवादीलगायत प्रमुख राजनीतिक दलले कार्यकर्ता भेटघाट, […]
२४ चैत, डोटी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि डोटीमा नेपाली कांग्रेस र नेकपा एमालेले एक/एक गाउँपालिकामा अध्यक्षका उम्मेदवार टुंग्याएको छ । बिहीबार नेकपा एमाले जोरायल गाउँ कमिटीको बैठकले अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरेको हो । गाउँपालिका अध्यक्षमा दुर्गादत्त ओझा र उपाध्यक्षमा जमुना बोहरालाई उम्मेदवार चयन गरेको एमाले जोरायल […]
कैलालीः डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्।
जिल्लाको पूर्वी चौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरा गाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतक र घाइतेको सनाखत भने हुन सकेको…
डोटी । जोरायल गाउँपालिका–२ डाडाँखालि पहिलो जलवायुमैत्री कृर्षि नमुना गाउँ बन्दै गएको छ । जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गरी जलवायु प्रविधि हस्तान्तरण गर्ने उद्देश्यका साथ आर्थिक वर्ष ०७/०७८ मा कृर्षि ज्ञान केन्द्र डोटीको कार्यक्रम पश्चात् जलवायुमैत्री नमुना गाउँ बन्न गइरहेको कृर्षि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए । उनले भने,‘यो कार्यक्रम डोटीको लागि नितान्त […]
डाेटी - डाेटीमा लामाे समयदेखि बाँझो रहेका जमिनमा यस वर्ष धानलगायतका खेती गरिएको छ । अन्य वर्षको तुलनामा यो वर्ष जिल्लामा धान रोपाइँ बढी भएको छ । समयमै मनसुन सुरु भएका कारण डोटीमा यो वर्ष ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
कोरोना महामारीका कारण सहरबाट घर आएका युवा गाउँमै रहेका कारण बाँझो जमिनमा रोपाइँ गरिएको छ । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल, राजपुरका अनुसार जिल्लामा कुल दश हजार ७१५ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएकोमा अहिलेसम्म कुल चार हजार ५०० हेक्टर क्षेत्रफलमा धान रोपा...
लगातारको वर्षाका कारण पहिरो खस्दा आज जिल्लाका दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दानबहादुर मल्लका अनुसार पहिरोमा परेर मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–५ का ७ वर्षीय बालक बिनोद भण्डारी र ११ वर्षीय बालिका जेनिषा विष्ट रहेका छन् । गाउँ नजिकैको चिसापानी भन्ने ठाउँ बाख्रा चराउन गएका बेला उनीहरू पहिरोमा पुरिएका थिए । दिउँसो पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला ओडार माथिबाट पहिरो खस्दा उनीहरू च्यापिएका थिए । च्यापिएको खबर थाहा पाएपछि नेपाल प्रहरी
डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएका हो ।गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस काट्न गएको समयमा भिरबाट लड्दा घटनास्थलमै कडायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको प्रहरीले जनाएको छ ।