काठमाण्डाै – यसपालिको दशैँमा पनि पानी पर्ने सम्भावना रहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले दशैँको नवमीदेखि मनसुन सक्रिय हुने बताउनुभएको हो । नवमीको दिनदेखि मनसुन सक्रिय भएर देशभर पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।यसैबीच भोलि बुधवारदेखि केही दिन मौसम सफा हुने छ । अबको केही दिन देशभर ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा स...