काठमाण्डाै – अझै केही दिन मनसुन सक्रिय रहने भएकोले देशभर पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले तराई नजिक रहेको मनसुन न्यून चापीय रेखा अझै केही दिन रहने भएकोले आउँदो सोमबारसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।केही ठाउँमा दिउँसोपख केहीबेर घाम लागे पनि देशका धेरैजसो ठाउँमा बादल लागेर सामान्यदेखि मध्ययम खालको वर्षा हुने र केही ठाउँमा ठूलो वर्षाको पनि सम्भावना रहेको उहाँले बताउनुभयो । सामान्यतया न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आउँदा केही दिनमै भारततर्फ...