परम्परागत पत्रकारिताको अस्तित्वमाथि चुनौती थपिएका छन् । यसमा ‘सोट’ विश्लेषण अर्थात् यसका सबल पक्ष, अवसर, कमजोरी र चुनौतीमाथि वृहत् बहस आवश्यक भएको छ । डिजिटल मिडियाको प्रवेशपछि परम्परागत र आधुनिक दुवै पत्रकारिता ठीक त्यसरी नै प्रभावित छन् जसरी महाभारतको कथामा श्रीकृष्णको प्रवेश पछिको सर्वत्र छाएको उनको प्रभाव । डिजिटल माध्यम श्रीकृष्ण बनेर आएको छ । […]