परम्परागत कोलमा यसरी पेलिन्छ उखु

परम्परागत कोलमा उखु पेल्दै ताराखोला गाउँपालिका–४ हिल बागलुङका स्थानीय बासिन्दा । तस्वीर-रासस

सम्बन्धित सामग्री

प्रविधि प्रयोग गर्न पाउँदा उखुकिसान उत्साहित

गल्याङ (स्याङ्जा), ४ चैत । परम्परागत रूपमा उखु खेती गर्दै आएका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ लुङ्सिङका किसान प्रविधिको प्रयोग गर्न पाउँदा उत्साहित भएका छन् । गोरु नारेर उखु पेल्दै आएका यहाँका किसानलाई गाउँपालिकाले अनुदानमा उखु पेल्ने मेसिन दिएपछि किसानले सहज महसुस गरेका छन् । परम्परागत शैलीमा उखुखेती गर्दा, पेल्दा अत्यन्त झन्झटिलो, श्रम र समयको खर्च बढी […]

अझै लोकप्रिय छन् उखु पेल्ने परम्परागत कोल

म्याग्दी– पछिल्लो समय खेती किसानीदेखि घरायसी काममा प्रयोग हुने विभिन्न आधुनिक उपकरणको विकास भइरहेका छन् । विद्युत र इन्धनबाट चल्ने त्यस्ता उपकरणले मानिसको श्रमशक्ति घटाएको छ भने समय र खर्चको पनि बचत गरेको छ । आधुनिक सामग्रीको विकास भएपनि कतिपय ठाउँमा अझै परम्परागत सामग्रीको प्रयोगमा कमी आएको छैन्।  जिल्लाको मंगला गाउँपालिका-२ सिममा रहेको उखु पेल्ने […]

सिन्धुलीमा नेपाली मौलिक प्रविधि हराउँदैै

सिन्धुली । विधमान आधुनिक युगसँगै मानिसको जीवनशैलीमा आएको परिवर्तनले पछिल्लो समय सिन्धुली जिल्लाका पिछडिएका ग्रामीण क्षेत्रमा रहेका रैथाने नेपाली मौलिक प्रविधि हराउँदै जान थालेको छ । घरेलु नेपाली मौलिक प्रविधि हराउदै जाँदा, ग्रामीण क्षेत्रको मौलिक पहिचान हराउँदै गएको हाे । उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत […]

सिन्धुलीमा नेपाली मौलिक प्रविधि हराउँदैै

सिन्धुली । विधमान आधुनिक युगसंगै मानिसको जीवनशैलीमा आएको परिवर्तनले पछिल्लो समय सिन्धुली जिल्लाका पिछडिएका ग्रामीण क्षेत्रमा रहेका रैथाने नेपाली मौलिक प्रविधी अतिक्रमित हराउदै जान थालेको छ ।घरेलु नेपाली मौलिक प्रविधी हराउदै जादा, ग्रामीण क्षेत्रको मौलिक पहिचान मेटिंदै गएको छ ।उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु […]

गुडको माग बढ्यो, उखु खेती बढेन

जिल्लाका विभिन्न ठाउँमा उखु खेती गरिँदै आए पनि व्यावसायिक उत्पादन हुन सकेको छैन । यहाँका किसानले उखु पेलेर परम्परागत रूपमा गुड (सख्खर) उत्पादन गर्दै आएका छन् । व्यावसायिक रूपमा उखु खेती नहुँदा भारतबाट बर्सेनि ठूलो परिमाणमा गुड आयात हुँदै आएको छ । थोरै बारीमा उखु उत्पादन गर्दै आए पनि व्यावसायिक बन्न नसकिएको लेकम गाउँपालिका–६ का गोकर्णदेव मिश्रले बताए । उखु खेती यहाँ धेरै पहिलेदेखि गरिँदै आएको छ । स्थानीयस्तरमै गुड बनाएर बिक्री गरिन्छ । तर, मिहिनेतअनुसारको आम्दानी नहुँदा व्यावसायिक उखु खेती गर्न अप्ठ्यारो भएको किसान बताउँछन् ।

‘केन हार्भेस्टर’ मेशिन भित्रिएपछि रौतहटका उखु कृषक हर्षित

पुस २५, रौतहट । एकै साथ उखुलाई काट्ने र लोड गर्ने प्रविधिको मेशिन भित्रिएपछि रौतहटका कृषक हर्षित भएका छन् ।  पहिलो पटक जिल्लामा ल्याइएको केन हार्भेस्टर मेशिनको सफल परीक्षण भएपछि सञ्चालनमा ल्याइएको छ । बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज (चिनि उधोग) कटहरियाले करीब ९६ लाख भारतीय रुपैयाँमा केन हार्भेस्टर मेशिन ल्याएको हो । यस यन्त्रको प्रयोगले उखु खेतीमा सहज हुने र कृषकको लागत कम हुने स्थानीय प्रकाश श्रेष्ठले बताए ।  पछिल्लो समयमा उखु खेती तर्फ निराश भएका कृषकलाई यस्ता किसिमका यन्त्रले प्रोत्साहित गर्ने उनको भनाइ छ । परम्परागत तरिकाले उखु काट्दा मजदूर नपाईने, धेरै समय लाग्ने तथा खर्च बढी हुने गरेको कृषकहरु बताउँछन् ।  तर, यस्ता किसिमको यन्त्रको प्रयोगले खेतीमा सरल र सहज हुने स्थानीय कृषक दुर्गा यादवले बताए । प्रतिघन्टा २०० क्वीन्टल उखु काटेर लोड गर्ने सक्ने केन हार्भेस्टर मेशिनको क्षमता छ ।  उखु काट्न, लोड गर्ने तथा ढुवानीमा गरी प्रति क्वीन्टल करीब १०० रुपैयाँ बचत हुने बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिजका सञ्चालक तथा उद्योगपति बैजु बाबराले बताए । उनका अनुसार यस मेशिनको प्रयोगले उद्योगलाई पनि फाईदा पुगेको छ ।  उखु काट्ने बित्तिकै कृषकले चिनि मिलमा ल्याउँदा ताजा हुने र समयमा नै उद्योगले उखु पाउने उनको भनाइ छ ।  बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिजले उखु कृषकलाई कृषि प्राविधिक सल्लाहसँगै समयमा नै भुक्तानी दिने गरेको उद्योगपति बाबराले बताए ।

माघे सङ्क्रान्तिका लागि चाकु ! (फोटो फिचर)

काठमाडौबाट उत्तरमा पर्ने प्राचीन टोखा सहर चाकुका लागि प्रसिद्ध छ। शिवपुरी जङ्गल जलाधारले सिञ्चित पहाडी प्राकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमी टोखामा प्राचिनकालदेखि नै उखु खेती हुन्थ्यो । उखुको रसबाट सख्खर बनाएर चाकुका लागि कच्चापदार्थ उत्पादन गरिन्थ्यो । जाडो याममा शरीरलाई न्यानो बनाउन चाकु खाने पुरानो संस्कार हो। माघे सङ्क्रान्ति नजिकिएसँगै अहिले टोखावासी चाकु बनाउन व्यस्त देखिन्छन् । टोखा परम्परागत चाकु संरक्षक समाजभित्र १३ चाकु उधोग छन। वर्षको दुई महिना (मंसिर र पुस) मा ३०० द

चाकु बनाउन चटारो (फोटो फिचर)

काठमाडौं : माघे संक्रान्ति नजिकिँदै गर्दा चाकु बनाउन भ्याइनभ्याई भएको छ। काठमाडौंको उत्तरतर्फ रहेको प्राचीन टोखा नगर चाकु बनाउने थलोका रुपमा प्रसिद्ध छ। शिवपुरी जंगल जलाधारले सिञ्चित पहाडी प्रकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमि टोखामा प्राचीनकालदेखि नै उखु खेती गरिन्थ्यो। त्यही उखुको रसबाट सक्खर बनाएर चाकुका लागि कच्चा पदार्थ उत्पादन हुन्थ्यो। अहिले उखु खेती नभए पनि बाहिरबाट ल्याएर चाकु बनाउने गरिएको छ।टोखा परम्परागत चाकु संरक्षक समाजभित्र १३ चाकु उद्योग रहेका

उखु किसानका दुःख (सम्पादकीय)

संसारभर नै उखुलाई नगदेबालीका रूपमा चिनिन्छ । नेपालको पहाडी भेगमा सामान्य घरेलु प्रयोजनका लागि उखु लगाउने लामो परम्परा भए पनि व्यावसायिक रूपमा उखु खेती भने तराई क्षेत्रमै गरिन्छ । डेढ दुई दशक यता देशको मैदानी भूभागमा व्यावसायिक उखु खेती बढेको थियो । तर बर्सेनि किसानले भोग्नु परेका समस्याका कारण किसान विस्तारै उखु खेतीबाटै विस्थापित हुँदै गएका छन् । चिनी उद्योगले समयमा उखुको रकम भुक्तानी नगर्नु परम्परागत रोगजस्तै बनेको छ । भुक्तानी पाउन जिल्ला जिल्लाबाट राजधानी आएर आन्दोलन नै गर्नुपर्ने अवस्था समेत आउने गरेको छ । किसानले पाउने अनुदानको रकमसमेत समयमा पाउन सकेका छैनन् । आइतबार मात्र यसै दैनिकमा प्रकाशित समाचारअनुसार सर्लाहीका किसानले अघिल्लो वर्षकै अनुदान रकम पाउन सकेका छैनन् । सरकारले अघिल्लो वर्षको उखुको मूल्य निर्धारण गर्दा प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा अनुदान तय भएको थियो तर अझै पाएका छैनन् । सम्बद्ध अधिकारीहरूले अनुदान रकम जिल्लामा गइसकेकोले केही दिनमै पाउन सक्ने बताएका छन् । तथापि चालू आर्थिक वर्षको बजेट संसद्बाट पारित हुन आएको अवरोधले उखु किसानलाई समेत प्रभाव पर्न सक्ने औँल्याएको छ ।

इन्टरनेटबाट सिकेको सीप प्रयोगले उखु उत्पादन चार गुणा बढी

कञ्चनपुर : इन्टरनेटबाट आधुनिक तरिकाबाट उखु खेती गर्न सिकेपछि बेलौरी नगरपालिका–६ हात्तीबोझाका असारेराम बडायकको आम्दानी तीन गुणाले बढेको छ। परम्परागत तरिकाले उखु खेती गर्दा प्रतिबिघा दुई लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका बडायकले इन्टरनेटबाट आधुनिक तरिकाले उखु रोप्न सिकेपछि उत्पादन वृद्धि भएपछि आम्दानी बढेको हो। नय...