दशैंमा घर फर्किन ठाउँ–ठाउँमा सास्ती : सडक टालटुल पार्ने योजनामा वर्षा बाधक !

गत भदौ ३१ गते काठमाडौं आउने तथा बाहिरिने सवारी साधनहरू लामो जाममा फसे । अघिल्ला दिन काठमाडौंका लागि यात्रा तय गरेका यात्रीहरूले काठमाडौं आउन निकै सकस पर्‍यो ।  कारण थियो ठाउँ–ठाउँको पहिरो र बिग्रिएको सडक । सबैतिरको पहिरो छिचोल्दै काठमाडौं आइपुग्न लागेका यात्रीहरूलाई नौबीसेबाट नागढुंगा आइपुग्न निकै लामो प्रतीक्षा गर्नुपर्‍यो ।  नौबिसे र नागढुंगाको बीचमा सडक बिग्रिएको र रोडमै ठूलो मालबाहक ट्रक बिग्रिएपछि यात्रुहरू जाममा फसेका थिए ।  यति मात्र नभएर निर्माणाधीन सुरुङ मार्ग...

सम्बन्धित सामग्री

वर्षा र बाढीले क्षति पुर्‍याएको कर्णाली राजमार्ग स्तरवृद्धि गरिँदै

जुम्ला– गत असोजको १९ देखि २३ गतेसम्म आएको अविरल वर्षा र बाढीले क्षति पुर्‍याएको कर्णाली राजमार्ग स्तरवृद्धि गरिने भएको छ । राजमार्ग स्तरवृद्धि नहुदाँ यहाँका नागरिकलाई सास्ती हुने गरेको छ । कर्णाली राजमार्गलाई थप स्तरवृद्धि गर्नका लागि काम भइरहेको  सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए । राजमार्गलाई पुरानै अवस्थामा ल्याउनका लागि दुई […]

गोपीगंज–त्रिवेणी हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा यात्रामा कठिनाइ

गोपीगंज–त्रिवेणी हुलाकी सडक निर्माणमा ढिलाई हुँदा यात्रीहरूलाई सास्ती भएको छ । वर्षा हुँदा हिलाम्मे र घाम लाग्दा धुलाम्मे उक्त सडकमा यात्रा गर्न यात्रीलाई कठिनाइ हुने गरेकाे स्थानीयले गुनासो गरेका छन् ।पश्चिम नवलपरासीको उक्त  सडकका अधिकांश भाग फुटेर खाल्डाखुल्डी भएको छ भने सडकमा पानी पर्दा सडक पुरै हिलाम्मे हुने हुँदा यात्रामा निकै कठिनाई भोग्नु परिरहेको स्थानिय युवराज मौर्यले जानकारी दिए । उक्त १५ किलोमिटर दुरीको हुलाकी सडक तल बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका हुदै सु

देशभर वर्षा र हिमपात : कतै सास्ती, कतै मस्ती

पानी नपर्दा धुलो र पानी पर्नासाथ हिलो हुने काठमाडौंको सडक वर्षासँगै अस्तव्यस्त देखियो । लामोदूरीका यातायातसँगै हवाई यातायात पनि ठप्प भए ।

राप्ती लोकमार्गका सवारीचालक भन्छन्, 'सडकमा खाल्डो हो कि खाल्डोमा सडक!'

सल्यान : दशैँ लागिसकेकाले सडकमा सवारीसाधनको चाप बढी छ। तर, वर्षा र पहिरोले क्षति पुगेका सडक मर्मत नहुँदा सवारीसाधन फस्ने, बिग्रने गर्दा यात्रुले सास्ती भोग्नुपरिरहेको छ।राप्ती लोकमार्गसँगै अन्य ग्रामीण सडक मर्मत नहुँदा यात्रुले सास्ती खेप्नुपर्ने त छँदैछ, यात्रामा बढी समय खर्चनु परेको पनि छ। अझ ग्रामीण सडकभन्दा पनि धेरै त राप्ती राजमार्ग नै बिग्रिएको चालकहरू बताउँछन्।कपुरकोट आसपासमा खसिरहने पहिरोले यात्रु र चालकलाई धेरै सास्ती दिएको चालक रविन्द्र श्रेष्ठले

डुबानमा तीनकुने सडक, सवारीलाई सास्ती (फोटो फिचर)

न्युज अफ नेपाल, काठमाडौं । बुधबार दिउँसो वर्षाका कारण काठमाडौंमा तीनकने सडक डुवानमा परेको छ । वर्षेनी सो सडकमा वर्षा हुने वित्तिकै पानी जमेर सवारी साधन चलाउन सास्ती हुने गरेको छ । सवारी साधनको बाक्लो चाप हुने उक्त क्षेत्रमा देखिएको यो समस्या समाधान गर्न सम्बन्धित निकाय उदाशीन देखिएको छ । तस्बिर : उजोल डंगोल

सल्ली-चौरजहारी सडक : ट्रयाक खोलेको दुई दशकमा पनि स्तरोन्नति हुँदा सधैं सास्ती

सल्यान : सल्यानको सल्लीबजारदेखि रुकुम-पश्चिम जोड्ने सडक खण्डको ट्रयाक खोलेको करिब २० वर्ष पुग्दा समेत सडकको स्तरोन्नति हुन सकेको छैन।दुई जिल्ला जोड्ने सडक स्तरोन्नति नहुँदा यस क्षेत्रका सर्वसाधरणले लामो समयदेखि जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। करिब ४० किलोमिटरको चौरजहारी-सल्ली सडकखण्ड वर्षा याममा अवरुद्ध हुने भएकाले यस क्षेत्रका बासिन्दा जाजरकोटबाट ६२ किलोमिटरको दूरीमा रहेको सडक प्रयोग गर्न बाध्य छन्।सडक स्तरोन्नति रुकुम पश्चिमको चौरजहारी अस्पतालबाट रेफर गरिएका बिरामीहरुको ज्यान समेत जोखिममा प

सडक स्तरोन्नति नहुँदा सर्वसाधारणलाई सास्ती

सल्यान : सल्यानका ८३ वटै वडामा सडक पुगेको छ। हिउँदमा सबैतिर सवारी साधन चले पनि वर्षा याममा भने अधिकांश सडकमा सवारी साधन नचल्दा सर्वसाधरणहरु पैदल हिँड्न बाध्य छन्।वर्षाले मुख्य राजमार्गको रुपमा रहेको राप्ती लोकमार्गसहित सबै सडक बिगारेपछि स्थानीयवासीले सास्ती भोग्दै आइरहेका छन्। कतै खोलाले सडक कटान गरेको छ भने कतै पहिरोले सडक बगाएको छ।घर अगाडि सडक पुगे पनि पैदल हिँड्नु पर्ने बाध्यता रहेको स्थानीय रीमबहादुर बुढाले बताए। १८ वर्षअघि सल्लीबजार चौरजहारी सडकको ट्रयाक खुले पनि स्तरोन्नति नहुँदा समस्या भो

बेगखोलामा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

म्याग्दी : बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। वर्षा याममा खोलामा आउने बाढीका कारण दैनिकरुपमा सडक अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन र पैदल यात्रुहरु बीच बाटोमा नै अलपत्र पर्ने गरेका छन्। २०७३ सालमा आएको बाढीले बेगखोलामा बस्तीसँगै मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि बेनी जोमसोम सडकको यात्रा निरन्तर प्रभावित हुँदै आएको छ। चार वर्ष बितिसक्दा पनि कोरला नाकासँग जोडिएको कालीगण्डकी