गोपीगंज–त्रिवेणी हुलाकी सडक निर्माणमा ढिलाई हुँदा यात्रीहरूलाई सास्ती भएको छ । वर्षा हुँदा हिलाम्मे र घाम लाग्दा धुलाम्मे उक्त सडकमा यात्रा गर्न यात्रीलाई कठिनाइ हुने गरेकाे स्थानीयले गुनासो गरेका छन् ।पश्चिम नवलपरासीको उक्त सडकका अधिकांश भाग फुटेर खाल्डाखुल्डी भएको छ भने सडकमा पानी पर्दा सडक पुरै हिलाम्मे हुने हुँदा यात्रामा निकै कठिनाई भोग्नु परिरहेको स्थानिय युवराज मौर्यले जानकारी दिए । उक्त १५ किलोमिटर दुरीको हुलाकी सडक तल बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका हुदै सु