सल्यान : सल्यानको सल्लीबजारदेखि रुकुम-पश्चिम जोड्ने सडक खण्डको ट्रयाक खोलेको करिब २० वर्ष पुग्दा समेत सडकको स्तरोन्नति हुन सकेको छैन।दुई जिल्ला जोड्ने सडक स्तरोन्नति नहुँदा यस क्षेत्रका सर्वसाधरणले लामो समयदेखि जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। करिब ४० किलोमिटरको चौरजहारी-सल्ली सडकखण्ड वर्षा याममा अवरुद्ध हुने भएकाले यस क्षेत्रका बासिन्दा जाजरकोटबाट ६२ किलोमिटरको दूरीमा रहेको सडक प्रयोग गर्न बाध्य छन्।सडक स्तरोन्नति रुकुम पश्चिमको चौरजहारी अस्पतालबाट रेफर गरिएका बिरामीहरुको ज्यान समेत जोखिममा प